११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसक्दा बिपी कोइरालाकै अपमान भयो’

‘जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसक्दा बिपी कोइरालाकै अपमान भयो’
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताउनुभयो । उहाँले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो बिपीका अनुयायीहरुको चरित्र ? यो बिपी कोइरालाको अपमान हो । बिपीले बनाएको पार्टीको अपमान हो । 

नेपाली कांग्रेसका कार्यकर्ता माथिको अपमान हो । बिपीले बनाएको पार्टी कांग्रेसलाई विश्वास गर्ने नेपाली जनताको अपमान हो । यो इतिहासको अपमान हो । स्वाभिमानको अपमान हो । र मानवतावादको अपमान हो । देश, मानविय, जनताको इस्यूलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? बिपीले त्यतिबेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? बिपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कतिबेला कसको सरकार गिर्छ र पदमा बसौला भन्नेहरुबाट मुलुक कदापी चल्न सक्दैन । देशलाई पर्दा, जनतालाई पर्दा औँला ठड्याउन नसक्नेहरुले मुलुकको रक्षा कदापी गर्न सक्दैनन् । जनताको सुरक्षा पनि हुन सक्दैन ।’

उहाँले नेकपा(माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले यस अघिको बैठकमा देशको यस्तो परिस्थिति आउनुमा सबै जिम्मेवार रहेको भनेको कुरालाई इंकित गर्दै डुंगामा प्वाल परिसकेपछि महशुस गर्नुले कुनै अर्थ नराख्ने बताउनुभयो । उहाँले आफ्नै जहाजलाइृ डुबाउनेहरुबाट भविष्यमा अरु सुरक्षित हुन नसक्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘एक जना आदरणिय नेता माननीयज्यूले यही सम्मानित सदनमा अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा हामी सबै जिम्मेवार छौँ पनि भन्नुभयो । राम्रो कुरा । तर प्वाल परिसकेपछि अब त्यो प्वाल जोडिदैन भनिसकेपछि त्यसको महशुस, त्यसको स्वीकार्यताले के अर्थ राख्छ र ? अब बर्तमान र भावि पिढीले बुझ्नुपर्दछ एउटै पानिजहाजमा सयर गर्नेहरुलाई बिना विभेद जनताले विश्वास गरे, समर्थन गरे तिनीहरुले आफ्नै जहाजलाई प्वाल पारेर डुबाइसके भने अर्को जहाज डुबाउँदैनन् भन्ने के छ ? जहाज डुबाइसकेपछिको रियलाइजेशनको अर्थ हुन्छ र ?’

उहाँले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु निर्लज्जता भएको टिप्पणी गर्नुभयो । वर्तमान सरकारले भोको पेटको दर्दलाई महशुस गर्न नसकेको उहाँले बताउनुभयो ।