९ भाद्र २०८३, मंगलवार
,
Latest
आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृतको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको सिंहदरबार गेटमा मोटरसाइकलको  ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबर साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदलयात्री अनामनगर बस्ने परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत ३२ वर्षीया आस्था सुब्बालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । कार्यालय सकाएर घर जाँदै गरेको उनलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते मोटरसाइकल चालकको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।




भर्खरै