३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

हिमालय एयरलाइन्सले सुरु गयो भैरहवाबाट चार्टर्ड उडान, विमानको चाप बढ्दै जाने

हिमालय एयरलाइन्सले सुरु गयो भैरहवाबाट चार्टर्ड उडान, विमानको चाप बढ्दै जाने
अ+ अ-

भैरहवा। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेको समयमा हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यत्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्सले दैनिक तथा नियमितरूपमा चार्टर्ड उडान गर्ने जनाउनुभयो । “अहिलेको चार्टर्ड उडान भनेको बजारको अवस्था बुझ्नलाई गरिएको हो”, उहाँले भन्नुभयो, “भोलिका दिनमा निर्धारितरूपमै नियमित उडान गर्ने गरी अहिलेको चार्टर्ड उडान गरेका हौँ ।”

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले यसमा सबै नेपालीको लगानी रहेका कारण हिमालय एयरलाइन्सले पनि यसलाई अपनत्व ग्रहण गर्ने श्रेष्ठले बताउनुभयो । उहाँले परीक्षणका क्रममा भैरहवाको विमानस्थल उडान सञ्चालन गर्न योग्य रहेको बताउँदै अब नियमित उडान गर्न सकिने उहाँले जिकिर गर्नुभयो ।

नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विविध प्राविधिक कारणबाट समस्या रहे पनि अहिले समस्या समाधान भइरहेको र अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढ्ने बताउनुभयो । भैरहवा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले स्वदेशी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई बाध्यत्मक अवस्था बनाएकाले पनि अब भैरहवाबाट उडान गर्नुपर्ने उहाँको भनाइ थियो । “स्वदेशी र अन्तर्राष्ट्रिय वायुसेवालाई काठमाडौँबाट उडान अनुमति दिएसम्म अबको पाँच वर्षसम्म पनि उहाँहरू भैरहवा आउनुहुन्न”, अधिकारीले भन्नुभयो, “दिनको तीनवटा भन्दा बढी उडान गर्ने कम्पनीलाई चौथो उडान गर्न मन भए उसले अब भैरहवाबाट गर्नुप¥यो ।”

यही व्यवस्था लागू भएपछि हिमालय एयरलाइन्स भैरहवा आएको र अब छिट्टै नेपाल एयरलाइन्सले पनि उडान थाल्ने उहाले दाबी गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैले आ–आफ्नो स्थानबाट आफ्नो काम गरिदिनुपर्ने उहाँको भनाइ थियो ।

महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत भएको जानकारी दिनुभयो । “गौतमबुद्ध विमानस्थलबाट जाने या आउने यात्रुले बोर्डिङ पास र टिकट देखाए आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “यसका साथै उनीहरूका लागि लगेजमा पनि ३५ किलोसम्म ल्याउन मिल्ने निर्णय गरेका छौँ ।” यो सुविधाले पनि भैरहवाबाट उडान गर्ने यात्रुलाई सुविधा पुग्ने अधिकारीको भनाइ छ ।

उहाँले नोभेम्बर १२ तारिखदेखि कुवेत एयरले पनि भैरहवाबाट उडान सुरु गर्ने जानकारी दिनुभयो । यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेश अधिकारीले एयररुटलगायत भैरहवाबाट भारतीय सहरमा उडानको सम्भावनाका विषयमा पहल भइरहेको बताउनुभयो । उहाँले भारतसँग भएको विशिष्ट सम्बन्धका कारण भारत पनि यसमा सकारात्मक रहेको बताउनुभयो । यसका लागि राजनीतिक, कूटनीतिक तथा प्रशासनिक प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको छ । अहिले यहाँबाट जजिरा एयरलाइन्सले मात्रै सातामा तीनवटा उडान गरिरहेको छ । उडान र अवतरण गरी एक सय ७८ वटा उडान भरेको जजिराबाट अहिलेसम्म करिब २२ हजार यात्रु लाभान्वित भएको महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिनुभयो ।

विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डययन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि सतप्रतिशत छुट दिएको छ । यस्तै नेपाल वायुसेवाले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको महानिर्देशक दहालले जानकारी दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमलाई नदिने

प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई नदिने घोषणा गर्नुभएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरण आफैँले गर्ने घोषणा गर्नुभयो ।

यसअघि पोखराको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमलाई दिइएको थियो । तर निगमले दिने सेवाको गुणस्तरमा प्रश्न उठिरहेकाले पोखराको जिम्मेवारी खोस्ने उहाँले घोषणा गर्नुभएको हो । ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरणले गर्ने अधिकार रहेकाले त्यसको अधिकार प्रयोग गर्ने महानिर्देशक अधिकारीको भनाइ छ । गौतमबुद्ध विमानस्थलबाट हवाई उडान गर्न निगमले आनाकानी गरेसँगै प्राधिकरण र निगमबीच सम्बन्ध चिसिएको छ । महानिर्देशक अधिकारीले जहाज नउडाउने तर ग्राउन्ड ह्यान्डलिङको काम मात्र गर्छु भन्ने अधिकार निगमसँग नरहेको बताउनुभयो । रासस