८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा

मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार(भिडीयोसहित)

मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार(भिडीयोसहित)
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ ।

सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो ।

बिहीवार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहनुभएका सहसचिव प्रदीपकुमार कोईरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्येनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताउनु भयो । उहाँले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने ¥यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताउनु भयो ।

सडक, खोला,नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताउनु भयो । सहसचिव कोईरालाले सम्भावित विपद्को आँकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पार्नुभयो । निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताउनु भयो ।

उहाँले भन्नुभयो–‘स्थानीय तहको निर्वाचनमा जल तथा मौसम विज्ञान विभागले हामीलाई जुन पूर्व सूचना दिएको थियो । त्यसैको आधारमा हाम्रो सबै संयन्त्रहरु तयारी अवस्थामा थियो । त्यही प्रक्रिया अनुरुप अहिले पनि हामी जल तथा मौसम विज्ञान विभागसँग सम्पर्कमै छौँ । उहाँहरुले पूर्वसूचना हामीलाई दिइहाल्नु हुन्छ । र हामीले सबै जिल्ला प्रशासनहरुमा विशेषगरी निर्वाचनको समयमा बेमौसमी रुपमा पानी पर्नसक्ने, पहिरो जानसक्ने, बाढी आउनसक्ने, अन्य प्रकारको प्रकोपहरु आउनसक्ने सम्भावनातर्फ इंगित गरेर हाम्रो जिल्लामा रहेको सुरक्षा निकायहरुको ¥यापिड रेस्पोन्स फोर्स हुन्छ सिडियोको नियन्त्रणमा ।’

‘सिडियोले संयोजन गरेर सबैलाई अलर्ट अवस्थामा राख्ने भनेर मन्त्रालयबाट परिपत्र पनि अब गरिहाल्छौँ । जस्तै सडक अवरुद्ध हुनसक्छ । त्यसको लागि सडक खुलाएर तयारी अवस्थामा रहनु । कुनै नदी, तटबन्धमा जोखिम हुनसक्छ, पहिरो जानसक्छ भनेर हामीले सम्वद्ध निकायहरुलाई तयारी अवस्थामा रहनु भन्छौँ ।’

‘लजिस्टिक क्लष्टरका सरकारी र गैरसरकारी तहका मेम्बरहरुलाई समेत सामग्री ढुवानीको लागि तपाईहरु तयारी अवस्थामा रहनुहोला भनेर अद्यावधिक मिटीङहरु, छलफल गर्छौं र हामीले उहाँहरुलाई अलर्ट राख्छौँ । त्यसकारण अहिले निर्वाचनलाई लक्षित गरेर सम्भावित विपद् के–के आउनसक्छ भनेर आँकलन गरेर त्यसका लागि हाम्रो सबै सरकारी संयन्त्र र गैरसरकारीलाई समेत हामीले अलर्ट अवस्थामा राखेका छौँ । निर्वाचनसम्मै अलर्ट अवस्थामा राख्छौँ । हामी रेस्पोन्सको लागि तयारी अवस्थामा छौँ ।’

सहसचिव कोईरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकुलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताउनु भयो ।