• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा

टी–२० विश्वकपः भारतले बंगलादेशलाई ५ रनले हरायो



एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत भारतले जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल पद्दतिको आधारमा ५ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।बंगलादेशले जवाफी ब्याटिङमा उत्रिँदा वर्षाले प्रभावित गरेपछि खेल १६ ओभरमा झारिएको हो ।

बंगलादेशका लिटोन दासले ६० रनको अर्धशतकीय इनिङ खेले । नाजमुल होसेनले २१ रन जोड्दा कप्तान शकिब अल हसनले १३ रन बनाए ।

भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २र२ विकेट लिए । मोहमद शामीले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

भारतका लागि विराट कोहलीले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले भने केएल राहुलले ५० रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ३० रनको योगदान दिए ।

बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए । योसहित तेस्रो जितसँगै भारतले ४ खेलमा ६ अंक जोडेको छ । भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ भने बंगलादेश ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।