३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
अ+ अ-

काठमाडौं । हिमालय एअरलाइन्सले  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

यस सिलसिलामा यस एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ ।

यस अनुसार एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रारम्भिक चरणका लागि एअरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुध्द विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने छ ।

सञ्चालन योजनालाई सम्बोधन गर्दै प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले भन्नुभयोे, “हामीले भैरहवाबाट नियमित उडानहरू सञ्चालन गर्न निरन्तर रुपमा लागिरहेका छौं । हिमालय एअरलाइन्स्को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सञ्चालनले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग नेपालका विभिन्न क्षेत्रहरूको अझ राम्रो कनेक्टिभिटी हुने कुरामा हामी आशावादी छौं ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो देशकोे साझा राष्ट्र्यि गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पु¥याउने सम्भावना भएकोले यस दिशामा हामी सबैले हातेमालो गर्नु पर्दछ ।“

हिमालय एअरलाइन्स्ले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको कुरा पनि उहाँले बताउनुभयो ।