७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नो नट अगेन !



फाईल फोटो
अ+ अ-

इतिहास पढ्दा हाम्रो मन कटक्क दुख्छ। भीमसेन थापाले घाँटीमा खुकुरी नशेरेको भय हुन्थ्यो।

भीम मल्ललाई दरबारले सत्कार किन गरेन। जङ्गबहादुरले रानीबाट पञ्जापत्रमा शासन नलिएको भए हुन्थ्यो। बहादुर शाह कोपभाजनमा नपरेको भए देश टिष्टा र देहरादून सम्म रहन्थ्यो। महेन्द्र र बीपी अलि बाँचेको भए देश स्वाभिमानी बनिसक्थ्यो। यि कालखण्डका अनिवार्य घटना हुन्। यस्ता घटना तत्काल आलोचित हुँदैनन् । कालान्तरमा इतिहास पाठ बन्छ। तर समयले पश्चाताप करेक्सन गर्न सक्दैन। घटनाको पदचाप आजको परिस्थितिको बाध्यता हो।

यी सबै घटना राजनीति दाउपेज र व्यक्तिगत स्वार्थका उत्पादन हुन्। जब पद्धति स्वार्थमा केन्द्रित हुन्छ, यस्ता घटनाले इतिहास र वर्तमानमा मन दुखाइ रहन्छन्। र यी घटनालाई अहिले नो नट अगेन भन्न सकिँदैन।

हामी जे चाहँदैनौं त्यो मन पराउँदैनौ। जुन चाहन्छौ आफ्नो लागि ठान्छैौ । तर राजनीति सधै वक्र रेखामा हिँड्छ। बक्र रेखा आन्तरिक मात्र हुँदैन। राजनीतिको सबैभन्दा ठूलो कमजोरी यसले समयलाई आफ्नो स्वार्थअनुकूल बुझ्नु‌ हो । यसो हुनु पर्थ्यो, उसो हुनुपर्छ भन्नु यथार्थ होइन। आदर्श हो। आदर्शको परिकल्पना राजनीतिमा दीगो हुँदैन । राजनीति सिद्धान्त दर्शन र विधिबाट चल्छ। जब विधि, दर्शन र सिद्धान्तबाट राजनीति विमुख हुँदै जान्छ त्यसपछि अहिलेको नेपालको अवस्था सुरु हुन्छ।

अहिले नो नट अगेनको चर्चा छ। यो लोकतन्त्रले नै दिएको अवसर हो । लोकतन्त्रले भोट गर्ने र नगर्ने सबै अवसर दिन्छ।तर राजनीति सिद्धान्त र दर्शनको मुख्य धेय जनमतलाई शासनमा परिणत गर्नु हो। नेपालको राजनीति अहिले सरल रेखामा छैन। विरासत लिएका दलहरु आफ्नै अकर्मण्यताले थलिएका छन् ।सिधा उत्तर दिने साहस कुनै नेता र नेतृत्वमा छैन। नो नट अगेनले राजनीति निरीहतालाई अझ मजबुत बनाउँदै छ । राजनीतिलाई परिवारबाद, नाताबाद र व्यक्तिगत स्वार्थमा उपयोग गर्ने नीतिले जनमत नो नट अगेनमा पुगेकै हो । यो इच्छा पद्धति भन्दापनि व्यक्ति विरुद्धको आग्रह हो।

नमरुन्जेल पदमा बसिरहनु पर्ने, आफ्नै छोराछोरी र परिवारलाई पद र शक्ति बाँड्नुपर्ने , सम्पत्ति जोड्न राजनीतिलाई व्यवसाय बनाउने, एकआपसको कोपभाजन गरेर शासन गर्ने प्रवृत्ति लोकतन्त्रमा झन् फस्टायो । लोकतन्त्रले निषेधको अवज्ञा गर्छ। तर जनमतको निषेधलाई स्वागत गर्छ। अहिलेको नो नट अगेन राजनीति र लोकतन्त्र प्रतिको अनाकर्षण होइन ।राम्रो व्यक्तिको खोजि हो। युवाहरु नीति परिवर्तन होइन असल नेतृत्वको खोजीमा छन्।

दोहोरिएका अनुहारहरुबाट कुनै उपलब्धि देखिएन । उहि स्वभाव, धारणा, चरित्र र उस्तै कार्यशैलीले राजनीतिप्रतिको बितृष्णा बढ्यो ।अब नयाँ पनको खोजी शासनले गरेको छ। नो नट अगेन बदलिँदो र सुहाउँदो नेतृत्वको माग हो । राजनीति शुद्धीकरण दलले बेलैमा सोचेनन्। पटकपटक मन्त्री र प्रधानमन्त्री हुँदा कुनै नतिजा दिन नसक्नेलाई फेरिपनि पदमा नपुर्याउने जनताको इच्छा लोकतन्त्र विपरित हुँदैन।

पद दिँदा उमेर र परिस्थितिले स्वीकार नगर्ने आदर्श नेताहरु नेपालमै छन् । भारतमा यस्ता थुप्रै उदाहरण छन। इमान्दार, नैतिकवान, पढेलेखेका, देश विदेश बझेका युवाहरुलाई राजनीतिले किन टाढा राख्यो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सँग हामी एकाकार हुन किन सकेका छैनौ। यसको उही पुरानै ढर्रामा समय ढलेका नेताबाट जवाफ आउँछन्। राजनीतिलाई मियो बनाएर स्वार्थ पूरा गर्नेलाई निषेध गर्नुपर्छ भन्ने मान्यता नो नट अगेन हो। र हुनुपर्छ। यहीकारण हामीलाई लोकतन्त्र चाहिएको हो । दलको नेतृत्वबाट मात्र परिवर्तन आउँछ भन्ने बाध्यता लोकतन्त्रले राख्दैन । बाहिरबाट पनिष् सम्भावनाको खोजी हुन्छ।अहिले राजनीतिक दल यति स्वार्थी भएकी दलभित्रकै बलियो आवाजलाइ उनीहरु स्वीकार गर्न तयार छैनन्।दलभित्र ब्याक्ती दासत्वकरण जताततै देखिएको छ। यही प्रवृत्तिले नो नट अगेन जन्माएको हो।

हामी परिबर्तनको संघारमा छौं। राम्रा र असल चुनिए भने शासनका खराबी पारदर्शी हुन सक्छन। नत्र सेतो लाई कालो देख्ने र कालो देख्दादेख्दै रातो भन्ने प्रवृत्ति सुधार हुँदैन। कमसेकम जस्तो छ त्यस्तै भनिदिन नेता अहिले चाहिएको छ। स्थानीय चुनावले संघीय र प्रदेशको चुनावमा ठूलो हलचल पैदा गर्दैछ। यो हलचल आन्तरिक सुधारको लागि राम्रो हो। संकटमा भगवानसँग उभिएर साँचो बोले जस्तै अहिले उम्मेदवारले साँचो बोल्ने बेला छ। ढाँट्नेहरूको चरित्र छताछुल्ल पार्ने मानिश चाहिएको छ । केही यस्ता नेतालाई संसदमा पठाउन सकियो भने शासन पारदर्शी हुँदै जान्छ। यो राजनीति भन्दाबढी शासनमा सुधार गर्ने जनताको इच्छा हो। यसलाई राजनीतिक दलले पूर्वाग्रहमा लिनुहुँदैन ।

जनताले लोकतन्त्रको विरुद्ध मान्नु हुँदैन ।यसैबाट शासनमा शुद्धीकरण हुँदैजान्छ। नो नट अगेन नेपालको सन्दर्भमा आजको आवश्यकता नै हो । सुझबुझका साथ हामीले जन्मतमा लोकतन्त्रको उपयोग गर्नुपर्छ।