७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

उम्मेदवार गाउँ–गाउँमा, मतदातालाई खेती स्याहार्न चटारो

उम्मेदवार गाउँ–गाउँमा, मतदातालाई खेती स्याहार्न चटारो
अ+ अ-

गलेश्वर ।खेतबारीमा पाकेको धान र कोदो भित्र्यउन व्यस्त किसानलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारका कुरा सुन्ने फुर्सद छैन ।

आगामी मङ्सिर ४ गते हुन लागेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचारप्रसारमा हिँडेका छन् । उम्मेदवारले समूह बनाएर म्याग्दीका गाउँबस्ती र खेतबारीमा पुगे पनि मतदाता भने आफ्नै काममा व्यस्त हुने गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिए पनि आम मतदाता खेतीपाती स्याहार्ने कामको व्यस्तताले उत्साहित बन्न सकेका छैनन । चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता तथा उनीहरुका कार्यकर्ता पुगेको गुनासो गरेका छन् । म्याग्दीको बेनी नगरपालिका– २ का नारायण सापकोटाले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिँड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पूरा गर्न नसकेको बताउनुभयो । “भोट माग्न आउँछन्, चुनाव जितेर गएपछि वास्तै गर्दैनन्”, उहाँले भन्नुभयो, “जनताको समस्या समाधानमा कोही पनि लाग्नुभएन् ।”

मालिका गाउँपालिका दुई रुम बेलीका जगबहादुर विकले चुनाव जितेर गएपछि नेताको अनुहारै देख्न नपाइने बताउँदै गाउँमा विकास पनि नभएको र दुःखी गरिबको अवस्थामा सुधार पनि नआएको बताउनु भयो ।

त्यस्तै मङ्गला गाउँपालिकाको रणबाङका हरिकृष्ण पौडेलले चुनावको बेला बाहेक अरु समयमा नेताले आफ्ना कार्यकर्ता बाहेक जनताको वास्ता नगर्ने गरेको बताउनुभयो ।

त्यस्तै, म्याग्दी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा जनताले जनताले बिकास सगै सुशासन, मौलिक हकको निर्वाध उपयोग चाहेको बताउनुहुन्छ । “नेताको भनसुनबिना कहिकतै केही कामै हुदैन”, उहाँले भन्नुभयो, “दलका नेताले जनताका सामान्य काममा पनि पक्षपात गर्ने र राजनीतिक पूर्वाग्रह देखाउने गर्दा जनतामा उदासिनता देखिएको हो ।”

बेनी नगरपालिका– ५ का शिव जिसीले चुनाव जितेर गएपछि गाउँ नफर्किने प्रवृत्ति नेताले सुधार गर्ने र राजनीति गर्ने मान्छेले जनतासँगको सामिप्यता सधैँभरी कायम राखिराख्नु पर्ने सुझाव दिनुहुन्छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेदवार छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र ९ख० मा ३७ हजार छ सय ४८ गरी जिल्लाभरी जम्मा ८६ हजार एक सय २० जना मतदाता छन् ।