२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको चुनावी घोषणा पत्र सार्वजनिक, यस्ता छन् विशेषता (पूर्णपाठ/भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नु भएको हो ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष ओलीले घोषणा पत्रको मुख्यमुख्य अंशबारे ब्याख्या गरिरहनु भएको छ ।

घोषणापत्रमा एमालेले सामाजिक सुरक्षाका विषयलाई उच्च प्राथमिकतामा राखेको छ । यद्यपि ज्येष्ठ नागरिक भत्ताको अंक पहिला जस्तो तोकेको छैन ।

विगतमा ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता दिने घोषणा गरेको थियो । तर यसपटक त्या भन्दा बढी पनि दिन सकिन्छ र ज्येष्ठ नागरिक भत्तालाई नयाँ रुपमा वितरण गर्न सकिने भएकाले अंक उल्लेख नगरिएको बताइएको छ ।

७१ पृष्ठको घोषणापत्रमा पाँच वर्षमा गर्ने २० वटा कामलाई उल्लेख गरिएको छ । समृद्धि अधिवेशन गर्ने, खेत खेतमा पानी, खाडीमा होइन बारीमा जवानी, ५ वर्षमा २५ लाख रोजगारी, फ्रि मिटर १० हजार लिटर जस्ता कार्यक्रमहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्यको क्षेत्रमा नागरिकलाई सहज सेवा उपलब्ध गराउन प्रेसर सुगर, टेन्सन ओभर जस्ता कार्यक्रम ल्याइएको उल्लेख छ ।

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/11/UML-Election-Manifesto-2079.pdf”]\