• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता

शहरलाई विपद् जोखिम मुक्त कसरी बनाउने , आजै बहस गरौ



ललितपुर । विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन शुरु भएको छ ।

ललितपुरमा जारी “टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन” नाम दिइएको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी छन् । जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्व अनुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरु नेपाल, टर्की, केन्या र इक्वेडरका केही शहरको अध्ययन अनुसन्धानमा जुटेका हुन् ।

५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे स्पष्ट पार्नेछन् । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय,प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्नेछ ।

सम्मेलनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्रोफसर जोन म्याक्लोस्कीले नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा रहेको मुलुकमा पर्ने भएकाले नेपालको नेतृत्वले आगामी दिनमा कसरी सुरक्षित हुने भन्नेबारेमा आजै कुरा उठाउन जरुरी रहेको बताउनु भयो । नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेकाले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो “बढ्दै गएको शहरीकरणको उचित व्यवस्थापन कसरी गर्ने र भोलिको शहर निर्माणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर हामीले अध्ययन गरिरहेका छौँ । प्राकृतिक विपद्हरुबाट कसरी बच्ने र पूर्व तयारी कस्तो हुनुपर्छ भन्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ । बढ्दो शहरीकरणको व्यवस्थापन अहिले धेरै देशका लागि चुनौती बनिरहेको छ । नेपालमा पनि यसको ठूलो चुनौती रहेको देखिएको छ । त्यसैले आज राम्रो निर्णय गर्नुपर्ने आवश्यक्ता छ ।’

‘प्राकृतिक विपद्का कारण वर्षेनी लाखौँ मानिसको निधन भइरहेको छ । त्यसलाई नै रोक्नका लागि पूर्व तयारी र व्यवस्थापनको महत्व धेरै छ । त्यसैले भोलिको शहर सबैकुराको जोखिमबाट मुक्त हुने किसिमको हुन आवश्यक छ । नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा परेको छ । त्यसैले नेपालको नेतृत्वले कसरी हामी आगामी दिनमा सुरक्षित हुने भन्नेबारेमा कुरा उठाउन जरुरी छ । नेपालमा धेरै प्राकृतिक विपद्हरु गइरहेका छन्, जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेका छन् । त्यसैले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक छ । साथै विकसित कार्यक्रमहरुबाट जनतमानसमा सचेतना फैलाउन पनि आवश्यक छ ।”


त्यसैगरी युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर कार्मिन गलासोले विकासको मोडललाई विपद्जन्य जोखिमबाटमुक्त गर्ने बारेमा नै अध्ययन अनुसन्धान केन्द्रित भएको र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट त्यस सम्बन्धमा जनचेतना फैलाउने काम पनि गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो “बढ्दो शहरीकरण र विपद्जन्य घटनाको समाधानका लागि नीति निर्माण कस्तो गर्ने ? भोलिको शहर कस्तो हुनुपर्छ र कस्तो हुनेछ भन्ने बारेमा अध्ययन गरिरहेका छौँ ।

अहिले हामीले बौद्धिक क्षमता बिस्तार गर्ने र विकासको मोडललाई कसरी लैजाने गर्ने भन्नेबारेमा अध्ययन अनुसन्धान गरिरहेका छौँ । स्थानीय सरकारहरु र नीति निर्माण कर्ताहरुले धेरै भन्दा धेरै नीति निर्माण गरेर बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण भइरहेको असरलाई रोक्ने भन्ने बारेमा सोच्नुपर्छ । यसलाई विज्ञहरुले बनाएको अध्ययन अनुसन्धानको आधारमा नै आगामी नीति निर्माण गर्नुपर्छ । अहिले विश्वमानै भिडियो हेर्नेहरुको संख्या धेरै छ, अनलाइन प्लेटफर्ममा हामीले भिडियोमार्फत विपद्जन्य घटनाको सूचना र सम्प्रेषण गर्ने हो भन यसले पनि धेरै फाइदा पुग्नेछ ।”

एनसेटका उपकार्यकारी निर्देशक डा। रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “भोलिको शहर भन्ने अनुसन्धानको परियोजना हो । यसमा ४ मुलुकहरु नेपाल, टर्की, केन्या, इक्वेडर रहेका छन् । यसमा ४ मुलुक र बेलायतका सबै विश्वविद्यालयका प्रोफेसरहरु यहाँ आउनुभएको छ । यसको मुख्य उद्देश्य विपद् व्यवस्थापनमा पहिलेबाट काम गरिरहेका थियौँ । यसमा नयाँ पूर्वाधार, बस्तीहरु जुन हामीले बनाउँछौँ, त्यो बनाउँदा भोलि के होला रु भन्ने कुरालाई अहिले नै अहिले गर्ने हाम्रो निर्णय सही हुन्छ । यो परियोजनाले भोलि बन्ने पूर्वाधारले २० वर्षपछि के होला भन्नेकुरा थाहा हुन्छ । यो वास्तवमा अहिले गरेको निर्णयले भविष्यमा कस्तो खालको असर पर्छ भन्नेकुरा पहिल्यै हेर्ने हो ।”

नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भोलिको अवस्थाको पूर्व आँकलन गर्नसक्दा जोखिम न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ नेपालमा शुरु भएको भोलिको शहर ‘टुमरो सिटी’ परियोजनाले हाल ललितपुर महानगरपालिकाको खोकना र बुंगमतिमा अध्ययन अनुसन्धान गरिरहेको छ । सम्मेलन शुक्रवारसम्म चल्नेछ ।