७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल

सन्दीपमाथि किशोरीको आरोपः जबरजस्ती होटल पुर्‍याई राति दुई पटक करणी

सन्दीपमाथि किशोरीको आरोपः जबरजस्ती होटल पुर्‍याई राति दुई पटक करणी
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका ‘नलम्बित’ कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि सन्दीपले राती दुई पटक जबरजस्ती गरेको आरोप लगाएकी छन् ।

आज सोमबार प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति दुई पटक करणी गरेको दाबी गरेकी हुन् ।

यस्तो छ किशोरीको बयानः

सन् २०२२ को मार्चदेखि अप्रिलसम्म नेपालमा आयोजना भएको मलेशिया, नेपाल र पपुआ न्यु गिनीबीच भएको ट्राई नेशन सिरिज प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय टोलीको खेलाडी देव खनालले ७२ रन स्कोर गरेपछि मैले देव खनाललाई खेलकुद समर्थकको हिसाबले चासोका साथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ ।

त्यसपछि निज देव खनालले फेसबुकमा फ्रेन्ड रिक्वस्ट एसेप्ट गरेपश्चात निजले स्न्याप च्याट भन्ने सामाजिक सञ्जाल एपमा फ्रेन्ड रिक्वेस्ट पठाएको र सो पश्चात मैले एसेप्ट गरेकी थिएँ ।

त्यसपश्चात निज देव खनाल र निज म बीचमा स्न्याप च्याट एप्स मार्फत छोटो भिडियो सन्देश (स्न्याप) र फोटो आदान प्रदान हुने गरेको थियो । यो सिलसिला करिब तीन महिनासम्म चलिरहेको थियो । सोही क्रममा नेपाली राष्ट्रिय टोली केन्यामा हुन लागेको दुई पक्षिय क्रिकेट श्रृंखलाको तयारी स्वरुप कालिमाटी स्थित हायात प्लेसमा क्लोज क्याम्प चलिरहेको अवस्थामा सन्दिप लामिछानेले मलाई देव खनाल र निज सन्दिप लामिछाने एकै कोठामा बसेका थिए ।

सोही क्रममा देव खनालले आफू र निज सन्दीप लामिछाने सँगै भएको फोटोमा निज सन्दीप लामिछाने रहेको तस्बिर निज सन्दीप लामिछाने समेतको युजर नेम राखी मलाई पठाएका रहेछन ।

देव खनालले पहिलो पटक सो तस्बिर पठाउँदा मैले निज सन्दिप लामिछानेलाई वास्ता गरेकी थिईनँ । त्यसको करिब दुई दिन पछि देव खनालले आफु र सन्दिप लामिछाने सँगै भएको फोटो पुनःपठाएका रहेछन। त्यसपछि १६ अगस्ट आसपासमा मैले निज सन्दिप लामिछानेलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ ।

निज सन्दिप लामिछानेले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको करिब आधा घन्टा भित्र फ्रेन्ड रिक्वेस्ट स्विकार गरिसकेका रहेछन । तत्पपश्चात मैले अरु साथीहरुलाई जसरी नै उनलाई पनि छोटो भिडियो पठाईरहेकी थिएँ ।

त्यसपछि म र निज सन्दिप लामिछाने बीचमा सोही स्न्याप च्याट भन्ने एप्स मार्फत हाम्रो पारिवरिक पृष्ठभूमी (बुवा आमा सँगै नरहनु भएको, पढ्नका लागि म आफै संघर्ष गरिरहेको, म आफू होस्टलमा बस्ने गरेको आदी) सामान्य कुराकानी भएको, त्यसपछि निज सन्दिप लामिछाने र म बीचमा सामान्य कुराकानी हुँदै जाँदा निजले मलाई भेट्नका लागि प्रस्ताव गरेको र सो लगत्तै मैले आफूले भ्याउँदिन भनेपछि निज सन्दीपले निकै जोडबल गरी आफु अर्को दिन (२०७९ साल भदौ ६ गते) को बेलुका ८ बजे केन्याको लागी फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किइकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्ड तर्फ जाने र सो को दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोडबल गरी रहेका थिए । सोही कुराकानीका क्रममा निजले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले निजलाई हेरौँ के हुन्छ भनेकोमा निज प्रतिवादीले सो भन्दा आई विल क्याच यु लेटर भनेर सो बखतका लागि कुराकानी टुङ्गाएका थिए । त्यसपछि बिहान करिब ११ बजेतिर म कलेज गएकी र कलेजमै रहेको अवस्थामा करिब ३ बजेर ५७ बजे निज प्रतिवादीले ९८१६४३२१५१ बाट मलाई फोन गरेका रहेछन । म क्लासमा पढिरहेकीले सो फोन उठाउन नपाएकी र मैले सोही नम्बरमा कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाई “ को बोलेको हो ” भनी सोधेकोले मैले नचिनेको मान्छेको नम्बर रहेछ भन्ने ठानी कुनै जवाफ नदिईकन फोन राखि दिएको थिए । पछि मलाई निज प्रतिवादीले सोही नम्बर ९८१६४३२१५१ बाट ४ बजेर १८ मिनेटमा फोन गरी अहिले आफु बैठकका लागि सातदोबाटो गईरहेको र पछि फोन गर्ने बताएकोमा त्यसपछि म होस्टलमा गएँ, ६ बजेर २५ मिनेटमा निज प्रतिवादीले ९८२५०२५०२५ नम्बरबाट मलाई फोन गरेर आफू कालिमाटीबाट निस्कदै गरेको र मलाई संसद भवन अगाडी आउँदै गर भनी बोलाएका थिए । त्यसपछि निज प्रतिवादीलाई मैले आफु संसद भवनतर्फ नआउने, बरु तपाई नै ग्लोबल कलेज अफ म्यानेजमेन्ट तर्फ आउनु भनेकोमा निज प्रतिवादीले आफुलाई ग्लोबल कलेजको लोकेशन थाहा नभएकोले मैले पुरानो बानेश्वर चोक जाने बाटोतर्फ पर्छ भनी ठेगाना बताई दिएकोमा त्यसपछि मैले निज प्रतिवादीलाई ६ बजेर ५३ मिनेटमा फोन गर्दा निजले आफू अन्तराष्ट्रिय सम्मेलन केन्द्रबाट पुरानो बानेश्वर तर्फ मोडिएको बताएका थिए । निज प्रतिवादीले ६ बजेर ५८ मिनेटमा मलाई फोन गरेर आफू लिटिल काठमाण्डौँ भन्ने रेष्टुरेन्ट अगाडी रहेको र पुनः ७ बजे बजे फोन गरेर बर्गर हाउस जस्तो रेष्टुरेन्ट छ त्यही आउ भनेकोले उक्त स्थानमा जाँदा निजले रोकि राखेको सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको निशान गाडी फेला परेको र उक्त गाडीभित्र निज सन्दिप लामिछाने रहेकोमा निजले मलाई आउ बस भनेपछि म उक्त गाडीको अगाडीको सिटमा बसे पश्चात निज प्रतिवादीले नाइस टु मिट यू भनेर साईडबाट अंगालोमा राखी त्यसपछि निज प्रतिवादीले केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्रीबाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगी । त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मञ्जुरीबिना भित्रीबाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भईसकेपछि करिब ८ बजेर २० मिनेटमा पुर्‍याएको र सोपश्चात निज प्रतिवादीले मलाई डिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले ईन्कार गरें । निजले पुनःप्रस्ताव गर्दा पनि मैले पुनः ईन्कार गरें । त्यसपछि निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआईपी रुम बुक गर्ने सम्बन्धमा पटक पटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहिँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी १० बजेर ४५ मिनेटमा निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युत्तिय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसें । सो पश्चात निज प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाण्डौँ फर्कदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले निज प्रतिवादीले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले दुईवटा कोठा बुक गर्न भनेकोमा निज प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर “अनिश भाइ, त्यही रुम बुक गरिदिनु ” भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई होटलमा एउटा मात्र रुम छ भने । त्यसपछि मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए । निज प्रतिवादीले होटल नजिक पुग्दा मलाई मास्क छ की छैन भनेर सोधेकोमा मैले आफुसँग मास्क छैन भनेपछि निज प्रतिवादीले मलाई जसरी पनि मास्क लगाउन भनी आफुले लगाएको मास्क खोलेर लगाउन दिइ होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनी मलाई गाडीबाट ओरालेर आफु गाडी पार्क गर्न गई । सो पश्चात होटलको गेटमा रहेका अनिश भन्ने सहयोगीले मलाई गेटमा चाबी दिई लिफ्ट खोली माथि ४०७ नं। कोठामा जानु भनेकोले म सरासर कोठा नं। ४०७ मा गएर हातमुख धोईरहेको अवस्थामा निज प्रतिवादी कोठाभित्र आई एसी चलाउन खोज्दा नचलेकाले उक्त कोठाबाट अन्दाजी ११ बजेर ५५ मिनेटमा कोठा नं। ३०५ मा सरेकोमा उक्त दिन म निकै थाकेकीले कुर्चीमा नै अर्धनिन्द्रामा परेको र निज प्रतिवादीले मलाई बेडमा गएर आराम गर भनेपश्चात म बेडमा गइ आराम गर्दै गर्दा प्रतिवादीले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालिकन पल्टेको थिए एकैछिनमा म निदाएछु । त्यसको अन्दाजी २० देखि २५ मिनेट पछि २०७९।०५।०६ गते अन्दाजी १२ बजेर २५ मिनेटतिर म ब्युझिदा निज प्रतिवादी मसँग सुत्न आई जबरजस्ती मैले लगाएको पाईन्ट खोली आफ्नो पाईन्ट समेत खोली मैले नमान्दा नमान्दै मेरो ईच्छा बिपरित जबरजस्ती करणी गरेर मेरो शरीरमा बिर्य झारी आफु बाथरुम तर्फ गई पुन बेडमा आई सुतेकोमा त्यसको करिब एक घण्टा पछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोश्रो पटक जबरजस्ती करणी गरी बिहानपख निज प्रतिवादीले मलाई आफ्नो ७ बजे बजे हायात प्लेसमा पीसीआर परीक्षण रहेकोले आफु जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दाँ मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन ।