८ पुष २०८१, सोमबार
,
Latest
विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव त्रिभूवन विमानस्थलको सुधारको कार्ययोजना १५ दिनभित्र पेश गर्न मन्त्री पाण्डेको निर्देशन ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छः उपप्रधानमन्त्री सिंह बालकोटमा बाबु–छोरा मृतावस्थामा भेटिए जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमको दिल्ली उडानमा रोक



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमको भारतको नयाँ दिल्ली उडानमा रोक लगाएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडीको आरए–२१७ उडान विमानस्थलले रोकिदिएको हो ।

अनुमति नलिई यात्रु बोर्डिङ गरेकाले निगमको उडान रोक्नुपरेको विमानस्थलले बताएको छ ।

नागरिक उड्डयन प्राधिकरणले जाडो यामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका (अक्टोबर ३० देखि मार्च २७ सम्म) मा निगमको आइतबार र शुक्रबार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेकाले आइतबारको उडान रोकिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

प्राधिकरणले आजदेखि सुरु हुने पाँच महिनाको विन्टर सेड्युलमा आइतबार र शुक्रबारको उडान कटौती गरिदिएको छ ।