९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुच्चे नक्साविरुद्धको घेराबन्दी हो गठबन्धनः महासचिव पोखरेल



अ+ अ-

दाङ । नेकपा (एमाले)का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेराबन्दी गरिएको बताएका छन् ।

अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमहानगरपालिका – १८ ले आयोजना गरेको भैलो कार्यक्रमको मङ्गलबार सुरुवात गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘गुमेको जमिन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्रहितको काम गर्यो,’ महासचिव पोखरेलले भने– ‘जनता र राष्ट्रहितका काम गर्दा एमालेविरुद्ध गठबन्धन गरिएको छ । यो गठबन्धन राष्ट्रहितमा छैन र यसले जनता र राष्ट्रहितमा काम पनि गर्दैन ।’

गठबन्धन स्वार्थहरुको झुण्ड भएकाले जनसरोकारका विषयमा गठवन्धन सरकार बेखवर भएर बसेको उनले बताए । ‘सत्ता स्वार्थसिद्धिका लागिमात्रै गठबन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो,’ उले भने– ‘यसको प्रमाण किसानले चाहिएको बेला मल नपाउनु, महङ्गी दोब्वर बढेर जानु र देश आर्थिक सङ्कटतर्फ धकेलिनुु नै हो ।’
उनले अहिले बैंकले ऋण माग्दा पनि दिन नसक्ने अवस्था आइसकेको बताए ।

एमाले सरकारले मुद्रा सञ्चिती १२ महिनालाई पुग्ने अवस्थामा छोडेको थियो । अहिले त्यो घटेर छ महिनामा झरेको छ पोखरेलले भने– ‘गठवन्धन सरकार रहिरहे देश आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुग्नेछ । तसर्थ मंसिर ४ को निर्वाचनबाट गठबन्धन सरकार विदाई गर्नुको विकल्प छैन । जनतासामु यो ठूलो अवसर आएको छ ।’

उहाँले मंसिर ४ परमादेशको सरकार हटाएर जनादेशको सरकार निर्माण गर्ने पर्व भएको बताए । एमाले सरकार हुँदा दाङ–सल्यान–रुकुमसम्म राप्ती राजमार्ग, घोराही–होलेरी–डोल्पासम्म शहीदमार्ग, कर्णाली जोड्ने तुलसीपुर–सुर्खेत मार्ग, घोराही–देवीस्थान प्युठानमार्गजस्ता रणनीतिक महत्वका सडकपूर्वाधारको निर्माण, स्तरोन्नतिको काम गरिएको भन्दै पछिल्ला दिनमा सरकारले बजेट कटौती गर्दा विकासको काम ठप्पजस्तै भएको महासचिव पोखरेलले बताए ।

दाङमै पनि घोराही–हापुर– आँखा अस्पताल–पञ्कुले सडक, बबई–कोहलपुर सडक, रामपुर–भालुवाङ सडक निर्माणको चरणमा रहेको भन्दै उनले परम्परागत दामोदर सडकको स्तरोन्नतिको काम गरिएको बताए । तर यी सडकहरुमा एमाले सरकारले विनियोजन गरेको बजेट गठबन्धन सरकारले कटौती गर्दा काम रोकिएको समेत उनले बताए ।