१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

अदालतले सत्तामा पुर्याएका दलहरुलाई जनताको बलमा सडकमा पुर्याउनुपर्छः महासचिव पोखरेल

अदालतले सत्तामा पुर्याएका दलहरुलाई जनताको बलमा सडकमा पुर्याउनुपर्छः महासचिव पोखरेल
अ अ+ अ-

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ गतेको दिनलाई गठबन्धन सरकारको विदाईको दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

गठबन्धन सरकारले देश बनाएका उदाहरण दुनियाँमा कहीँ नभएको र वर्तमान गठबन्धनका दलहरू सत्ता स्वार्थमा मात्र केन्द्रित रहेकाले यिनीहरूलाई सरकारबाट विदा गर्नु आवश्यक रहेको बताउनुभयो ।

सोमबार दाङको विजौरीमा आयोजित कार्यक्रमा महासचिव पोखरेलले देश बनाउन स्पष्ट नीति, नेतृत्व र बलियो शक्तिको आवश्यकता चाहिने र मुलुकमा त्यो शक्ति नेकपा (एमाले) मात्रै भएको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– ‘नेपाली काँग्रेसले एकसय भन्दा कम सिटमा उम्मेदवारी दिएको, माओवादीले एकतिहाईमा पनि उम्मेदवारी नदिएको र नेकपा एसले २१ सिटमा उम्मेदवारी दिनुभनेको यी दलहरूले मुलुकमा राजनीतिक स्थिरता दिने र बलियो सरकार गठन गर्ने हैसियत गुुमाईसकेका छन् भन्ने कुराको सङ्केत हो ।’

वर्तमान गठबन्धन सरकार बनेयता मुलुकले आर्थिक सङ्कटको सामना गरिरहेको, जनताले महङ्गीको मारमा पर्नुपरेको र किसानले खेतीपातीको समयमा मल नपाएको अवस्थाको चर्चा गर्दै जनताका समस्यामा कुनै सरोकार नभएको गठबन्धन सरकारका दलहरुलाई निर्वाचनमा जनतासँग भोट माग्ने अधिकार पनि नभएको बताउनुभयो ।

निर्वाचनपछि पनि गठबन्धन सरकार रही रहे देश आर्थिक रुपमा श्रीलङ्काको अवस्थामा पुग्ने उहाँको भनाई थियो । महासचिव पोखरेलले केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार र लुम्बिनी प्रदेशमा आफू मुख्यमन्त्री भएको समययमा गरिएका विकासका कामको चर्चा गर्दै सडक तथा पुल निर्माण, विद्युत उत्पादन गरी लोडसेडिङको अवस्थाबाट विद्युत निर्यात, नाकाबन्दीको डटेर सामना र अब नेपालीले कहिल्यै नाकाबन्दीको अवस्था भोग्नु नपर्ने स्थिति निर्माण, चुच्चे नक्शा प्रकाशन लगायत देश र जनताका पक्षमा गरिएका दर्जनौं कामकोे स्मरण गराउनुभयो ।

उहाँले अध्यक्ष ओली नेतृत्वको सरकारले विश्वका उच्च आर्थिक वृद्धिदर भएका देशमध्येमा नेपाललाई पुर्याएको थियो भन्नुभयोे ।
देश र जनताका पक्षमा राम्रा काम गरिरहेको अध्यक्ष ओली नेतृत्वको सरकारलाई षडयन्त्रपूर्वक अदालतको सहारा लिई हटाइएको र त्यसयता विकासका काम रोकिएको, देश आर्थिक सङ्कटतर्फ गएको महासचिव पोखरेलले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाई जनयुद्ध शुरु गरेको माओवादी केन्द्र १७ हजार मानिसको बलिदानीपछि आज उनै देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेको वताउँदै महासचिव पोखरेलले यसबाट प्रचण्डले जनयुद्धका शहीदहरुको अपमान गरेको बताउनुभयो ।

देशमा विकास र समृद्धिसँगै राजनीतिक स्थायित्वको आवश्यकता रहेको र त्यो बलियो शक्तिबाट मात्र सम्भव रहेको वताउँदै महासचिव पोखरेलले नेकपा (एमाले) बहुमतको सरकार बनाउने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त गरेको र त्यसमा छ प्रतिशत बढाउँदा एमालेको वहुमतको सरकार बन्ने र गठबन्धन पनि पराजित हुने महासचिवको भनाई थियो ।

‘सरकारमा रहेका दलका नेताहरु स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा गर्दैनन्, निर्वाचनका बेला भोटका लागि विना पैसा भिसा र टिकट उपलब्ध गराउने प्रलोभन दिन्छन्, यो लज्जाजनक कुरा हो’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो–‘आगामी निर्वाचनपछि एमालेको सरकार बन्दा देशलाई आर्थिक सङ्कटको गहिराईतर्फ जानबाट जोगाइने छ, युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरिने छ ।’

नेकपा (एमाले)ले एकसयबाट शुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले चार हजार रुपियाँ पुर्याइएको र एमालेको सरकार रहिरहेको भए पाँच हजार पुर्याउने प्रतिबद्धता कार्यान्वयन हुने थियो भन्नुहुँदै निर्वाचनपछि बन्ने एमालेको सरकारले बृद्धभत्ता बढाई पाँचहजार रुपियाँ पुर्याउने बताउनुभयो ।

महासचिव पोखरेलले घोराही उपमहानगरपालिका वडा नं. ८ बनगाउँमा रात्रिकालीन भेलालाई पनि सम्बोधन गर्नुभयो ।
उक्त भेलामा महासचिव पोखरेलले जनताले सत्तामा पुर्याएको एमालेलाई अदालतले सडकमा पुर्याएको हुँदा अदालतले सत्तामा पुर्याएकाहरुलाई जनताको बलमा सडकमा पुर्याई सरकारको नेतृत्व गर्ने योजनाका साथ अगाडि बढेको वताउनुभयो ।