३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैः तुला राशिले हेर्नै नहुने

ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैः तुला राशिले हेर्नै नहुने
अ+ अ-

काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।

ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन् । खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनु भयो ।

उहाँले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताउनु भयो । ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताउनु भयो । ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो रहेको बताउनु भयो । वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ती हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उहाँले उल्लेख गर्नुभयो ।

खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूर्य ग्रहण साँझ ४ः५३ मा शुरु भएर ५ः२६ बजे समाप्त हुँदैछ । यो पूर्वबाट भन्दा पश्चिममा धेरै देखिन्छ । यो धेरै युरोपबाट राम्रोसँग देखिन्छ । यो ३३ मिनेटसम्मको छोटो समयको लागि छ । ग्रस्तास्त सूर्यग्रहण भन्ने गरिन्छ । यो ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो छ । अरु राशि भएकाले हेर्नु हुँदैन । धर्मशास्त्रलाई मान्ने हो भने सुतक १२ घण्टा अघिबाट खानु हुँदैन । तर छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि निषेध गरिएको छ । यो वृद्धवृद्धाहरुको लागि छुट छ । सूर्यास्त भइसकेपछि खान सकिन्छ । यसको स्नान शुरु हुँदा, मध्यान्ह र अन्त्यमा स्नान गर्दा राम्रो हुन्छ । मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति हुन्छ । तुला राशिको लाग घात भनेको मृत्यु नै हुनसक्छ । यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला रािशका मानिसलाई हेर्नै हुँदैन । वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुन्छ भनिएको छ । त्यस्तै वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुनेछ । खगोल शास्त्रको अध्ययन नेपालमा एकेडेमिक स्तरमा पुगिसकेको छैन । जनमानसमा सुसुचित गर्ने काम भइरहेको छ । अहिले टेलिस्कोपहरु धेरै भित्रिँदै छन् । अब खगोल विज्ञानको अध्ययन गर्न चाहिने टेलिस्कोप नै हो । त्यसैले बिस्तारै भित्रिँदै गरेकाले अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अध्ययन बढ्दै जानेछ ।’

डा. आचार्यले नेपालमा खगोल विज्ञानको अध्ययन, अनुसन्धान भने राम्रोसँग हुन नसकेको बताउनु भयो । उहाँले टेलिस्कोपहरु नेपालमा धेरै भित्रिरहेकोले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुग्ने गरेर अध्ययन अनुसन्धान हुने बताउनु भयो ।