६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैः तुला राशिले हेर्नै नहुने



अ+ अ-

काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ ।

ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरुले बताएका छन् । खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनु भयो ।

उहाँले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताउनु भयो । ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताउनु भयो । ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो रहेको बताउनु भयो । वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ती हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उहाँले उल्लेख गर्नुभयो ।

खगोलविद् डा. आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूर्य ग्रहण साँझ ४ः५३ मा शुरु भएर ५ः२६ बजे समाप्त हुँदैछ । यो पूर्वबाट भन्दा पश्चिममा धेरै देखिन्छ । यो धेरै युरोपबाट राम्रोसँग देखिन्छ । यो ३३ मिनेटसम्मको छोटो समयको लागि छ । ग्रस्तास्त सूर्यग्रहण भन्ने गरिन्छ । यो ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो छ । अरु राशि भएकाले हेर्नु हुँदैन । धर्मशास्त्रलाई मान्ने हो भने सुतक १२ घण्टा अघिबाट खानु हुँदैन । तर छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि निषेध गरिएको छ । यो वृद्धवृद्धाहरुको लागि छुट छ । सूर्यास्त भइसकेपछि खान सकिन्छ । यसको स्नान शुरु हुँदा, मध्यान्ह र अन्त्यमा स्नान गर्दा राम्रो हुन्छ । मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति हुन्छ । तुला राशिको लाग घात भनेको मृत्यु नै हुनसक्छ । यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला रािशका मानिसलाई हेर्नै हुँदैन । वृश्चिकलाई धन क्षय, कुम्भ राशीलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुन्छ भनिएको छ । त्यस्तै वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुनेछ । खगोल शास्त्रको अध्ययन नेपालमा एकेडेमिक स्तरमा पुगिसकेको छैन । जनमानसमा सुसुचित गर्ने काम भइरहेको छ । अहिले टेलिस्कोपहरु धेरै भित्रिँदै छन् । अब खगोल विज्ञानको अध्ययन गर्न चाहिने टेलिस्कोप नै हो । त्यसैले बिस्तारै भित्रिँदै गरेकाले अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अध्ययन बढ्दै जानेछ ।’

डा. आचार्यले नेपालमा खगोल विज्ञानको अध्ययन, अनुसन्धान भने राम्रोसँग हुन नसकेको बताउनु भयो । उहाँले टेलिस्कोपहरु नेपालमा धेरै भित्रिरहेकोले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुग्ने गरेर अध्ययन अनुसन्धान हुने बताउनु भयो ।