११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कोभिड खोपः के नेपालमा कोरोना भाइरसविरुद्ध खोप उत्पादन गर्न सकिन्छ ?

कोभिड खोपः के नेपालमा कोरोना भाइरसविरुद्ध खोप उत्पादन गर्न सकिन्छ ?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार सत्ता गठबन्धन दलका तर्फबाट सार्वजनिक गरेको सरकारको साझा नीति तथा कार्यक्रममा नेपालमा कोभिड खोप उत्पादन गर्न प्रयोगशाला स्थापना गर्ने योजना समावेश भएको छ।

गत साता मन्त्रिपरिषद्ले पनि कोरोनाभाइरसविरुद्ध खोप उत्पादन गर्न इच्छुक कम्पनीलाई अनुमति दिनेबारे प्रक्रिया अघि बढाएको चर्चा चलेको थियो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले त्यस विषयमा छलफल अघि बढाएको जानकारी दिए। तर त्यसबारे विस्तृत विवतरण दिन चाहेनन्।

अधिकारीहरूका अनुसार नेपालले आफैँ नयाँ खोप बनाउनेभन्दा पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कुनै विदेशी कम्पनीको खोप उत्पादनका लागि स्वीकृति दिने प्रक्रिया अघि बढाएको हो।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्य योजना सार्वजनिक गर्दै कोभिड खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनाबारे अध्ययन अघि बढाएको बताएका थिए।

के नेपालसँग कोभिड खोप उत्पादन गर्न सक्ने क्षमता छ ?
नेपालमा अहिले कोभिड खोप उत्पादन गरिहाल्ने प्रविधि र क्षमता नभए पनि सरकारले सहजीकरण गरे नेपालमै खोप उत्पादन सम्भव रहेको उत्पादकहरूले बताएका छन्।

खोप उत्पादनका लागि विदेशी कम्पनीहरूसँग समेत सहकार्य गर्न सकिने भए पनि उत्पादन सुरु गर्न समय लाग्न सक्ने औषधि उत्पादकहरूको भनाइ छ।

नेपाल औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठका अनुसार नेपालमा कोभिड विरुद्धको खोप उत्पादनका लागि संरचना तयार गर्न मात्रै कम्तीमा छ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ।

"यस्तो खोप उत्पादन गर्न जोखिम व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो। यसका लागि धेरै उच्च तहको सावधानी र जोखिम न्यूनीकरण घेराहरू तयार गर्नुपर्ने हुन्छ," श्रेष्ठ भन्छन्।

नेपालमा कुनै एउटा मात्रै औषधि उत्पादक भन्दा धेरै उत्पादक कम्पनीहरू मिलेर कोभिड खोप उत्पादनका लागि सहकार्यको आवश्यकता रहेको उनको भनाइ छ।

"त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र कच्चा पदार्थ लगायत खोपका लागि आवश्यक सामग्रीमा कर छुट दिने प्रबन्ध गरे नेपालमा उत्पादन हुने खोपले विश्व बजारमा प्रतिस्पर्धा समेत गर्न सक्छ," उनी थप्छन्। नेपालमा खोप उत्पादन गर्न प्रविधिको अभाव रहे पनि जनशक्तिको कुनै अभाव नरहेको औषधि उत्पादकहरूको भनाइ छ।

नेपालमा कोभिड खोपको उत्पादनका लागि आफूले समेत पहल गरिरहेको बताउने देउराली जनता फर्मास्युटिकल्स उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले सरकारले उत्पादनको पहल अघि बढाउनु स्वागतयोग्य भएको उल्लेख गरे।

"हामीले विश्वव्यापी महामारीसँग जुध्न हाम्रो तर्फबाट के गर्न सकिन्छ भनेर पहल गरिरहेकै थियौँ। तर सरकारको नीतिगत निर्णय नहेरी यस विषयमा थप टिप्पणी गर्न अपरिपक्व हुन्छ," शर्मा भन्छन्।

के छ स्वीकृतिको प्रक्रिया ?
गत साता नेपालमा औषधि उत्पादन र वितरणसम्बन्धी नियामक निकाय औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले खोप उत्पादनको अनुमतिबारे सरकारको निर्णयबारे विभागमा जानकारी आइनसकेको बताएका थिए।

"यस्ता खोपहरूको उत्पादन स्वास्थ्य सुरक्षाका दृष्टिले निकै संवेदनशील हुने भएकाले विश्व स्वास्थ्य सङ्गठनले नै मापदण्ड बनाएको छ। सरकारले निर्णय गरेको अवस्थामा त्यही मापदण्डका आधारमा विभागले स्वीकृति दिने हो," उनले भने।

नेपालमा पशुपक्षीका लागि आवश्यक पर्ने खोप उत्पादन गर्ने उद्योगहरू भए पनि मानव खोप उत्पादनका लागि कुनै उद्योगहरू नरहेको केसीले जानकारी दिए।

मानव खोप उत्पादनका लागि प्रविधि र जनशक्तिसँगै निश्चित जैविक सुरक्षाका तहहरू पालना गर्नुपर्ने चुनौतीका कारण यस्ता उद्योग स्थापनाका लागि मापदण्डहरू समेत कठोर हुने गरेको विज्ञहरू बताउँछन्।

कोभिड खोप उत्पादन कति व्यावहारिक होला ?
नेपालमा पर्याप्त प्रविधि र बजार नहुँदा उत्पादित खोप सस्तो र प्रतिस्पर्धी हुनेमा समेत विज्ञ तथा सरोकारवालाहरूले आशङ्का व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेती नेपालमा खोप उत्पादनअघि यसको बजार सुनिश्चित नगरिए यस्तो खोप महँगो पर्न सक्ने बताउँछन्।

"हाम्रो जनसङ्ख्यालाई मात्र उत्पादन गर्दा लागत महँगो पर्न जान्छ। अरू देशमा पनि पठाउने हो भने ठूला-ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ," उप्रेती भन्छन्।

उनका अनुसार नेपालले खोप उत्पादन गर्ने नै हो भने बाहिर कति र कसरी पठाउन सकिन्छ त्यसको समेत अध्ययन हुन जरुरी छ।

"ठूला उत्पादक कम्पनीको खोप नेपालमा 'स्याटलाइट' उत्पादन गरेर वितरण गर्न सकिए रोजगारीको अवसर र लागतमैत्री पनि होला तर नेपालको जनसङ्ख्याको लागि मात्रै उत्पादन गर्दा चाहिँ लागत प्रभावकारी हुँदैन," उप्रेतीको भनाइ छ।

नेपालको दक्षिणी छिमेकी भारतले अक्सफर्ड(आस्ट्राजेनेकाको र अर्को स्वदेशी खोप पनि उत्पादन गरिरहेको छ भने उत्तरी छिमेकी चीनले पनि दुईभन्दा बढी स्वदेशी खोप उत्पादन गरिरहेको छ। (अशोक दाहाल, बीबीसी)