१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको होः महासचिव गुरुङ

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको होः महासचिव गुरुङ
file
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि उक्त गठबन्धन भएको बताउनुभयो ।

“राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ”, उहाँले भन्नुभयो । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारसमत बन्नुभएका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गर्नुभयो ।

उहाँले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याउनुभयो । घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उहाँको भनाइ छ । उहाँले मस्र्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

लमजुङ प्रदेशसभा (क)का उम्मेदवार डा टकराज गुरुङले संविधानको कार्यान्वयन गर्नका लागि गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले अघिल्लो निर्वाचनमा पार्टीले हारे पनि देशले जित्नुपर्छ भनेर कांग्रेसले निर्वाचन गरेको स्मरण गर्दै देशको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस लमजुङका सभापतिसमेत रहनुभएका डा गुरुङले लमजुङका सबै ग्रामीण बस्तीमा मोटरबाटो पु¥याएर त्यहाँको पर्यटन, कृषि र जलविद्युत्लाई देशको अर्थतन्त्रसँग जोड्नुपर्ने बताउनुभयो । लमजुङ प्रदेशसभा (ख)का उम्मेदवार भेषबहादुर पौडेलले समृद्ध लमजुङ निर्माण आफ्नो अभियान भएको बताउनुभयो । “म लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदादेखि समृद्ध लमजुङको अभियानलाई अगाडि बढाउँदै आएको छु, लमजुङको विकास नै मेरो र गठबन्धनको प्रमुख एजेण्डा हो”, उहाँले भन्नुभयो । कृषि, पर्यटन र जलविद्युत्लाई रोजगारीसँग जोड्न सके लमजुङको विकास हुने उहाँको भनाई छ ।

नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सम्पर्क समिति तथा मञ्चको महत्वपूर्ण भूमिका रहेकाले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।