२७ मंसिर २०८१, बिहीबार
,
Latest
जनकपुरसँग हार्यो काठमाडौँ त्रिविको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन ‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन सार्वजनिक विदा कटौती गरौंः डा.अमरेशकुमार सिंह मैत्रीपूर्ण फुटबलमा बालेनले गरे गोल ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव… त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक : त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति ‘अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ’ एनपिएलः काठमाडौँले जनकपुरलाई दियो १०२ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्



अ+ अ-

एजेन्सी । भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान–प्रदान गर्ने गरेका छन् ।

कारिम्गञ्ज जिल्लाको पटियला गाउँका ६० परिवारका करिब ३०० जनाले संस्कृत भाषालाई बोलचालको भाषाकारूपमा अङ्गीकार गरेका छन् ।

चाहे बालक होस् या बृद्ध सबै संस्कृत भाषामा बोल्छन् । यो गाउँका सबैलाई खुसी संस्कृतवक्ताको गाँउ भनेर चिनिन्छ । गाउँलेहरूले आगामी नयाँ पुस्ताले यसलाई निरन्तरता दिने र भाषिक चिन्तनको विकास गर्ने लक्ष्य राखेर सो अभियान चलाएको बताउँछन् ।

अत्यन्त प्राचीन र समृद्ध भाषा तर दैनिक व्यवहार र बोलिचालीका हिसाबले लुप्त हुँदै गएको भाषाको जनस्तरबाटै संवर्धन गर्ने उद्देश्यले सो अभियान चलाइएको र सन् २०१३ देखि त्यो गाँउमा नियमितरूपमा दैनिक योगशिविर समेत आयोजना गरिंदै आएको छ ।

स्थानीय दीपनाथ जो योगप्रशिक्षक पनि हुन्, उनले सो अभियानबाट नयाँ पुस्तामा आफ्नो योगजीवन र प्राचीन भाषाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन् ।

त्यो गाउँमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योगशिविर सञ्चालन हुन्छ । त्यो शिविरमा पनि संस्कृत नै बोलिन्छ । त्यसैगरी प्रत्येक महिना गायत्री यज्ञ आयोजना गरिन्छ र सबैले त्यसमा सहभागिता जनाउँछन् ।

साठी परिवार मध्ये प्रायः सबै कृषि कर्मै संलग्न छन् । केवल १५ जना मात्र अन्य रोजगारीमा आबद्ध छन् । छिमेकी गाँउ अनिपुरबस्तीमा पनि यस्तै अभ्यास गर्न लागिएको दीपनाथले बताउँछन् ।

विपुल ज्ञानभण्डार भएको संस्कृत भाषा अहिले जनस्तरबाट उपेक्षित देखिन्छ भने राज्यस्तरबाट समेत त्यति ध्यान दिइएको पाइदैन । तर स्थानीयस्तरबाट भाषिक संरक्षणमा चलाइएको अभियान चारैतिरबाट प्रशंसित छ ।