१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरुङले जानकारी दिए ।

उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको बताए ।

गुरुङले सामाजिक सञ्जालमा भनेका छन् –‘सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं ।’

मंसिर ४ मा हुने निर्वाचनका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।