१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

खेलाडी राष्ट्रका गहना हुन: गृहमन्त्री खाण

खेलाडी राष्ट्रका गहना हुन: गृहमन्त्री खाण
अ अ+ अ-

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताउनुभयो । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम गरेको गृहमन्त्री खाणले बताउनुभयो । “खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ”, मन्त्री खाणले युवा सङ्घ नेपाल सिद्धार्थनगरले भैरहवामा आज आयोजना गरेको कार्यक्रममा भन्नुभयो, “पाँच दलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।”

निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने उहाँको दाबी थियो । “पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ’, उहाँले भन्नुभयो, “निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुझेका व्यक्तिसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँछौँ ।”

राष्ट्रलाई सधैँ शिरमा राखेर खेलाडीले खेल खेल्ने भएकाले सरकारले मात्रै नभएर हरेक नागरिकले उहाँहरुको सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले खेलका माध्यमबाट मुलुकको आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्नेसमेत बताउनुभयो । “हामीले राम्रा अन्तर्राष्ट्रिय रङ्गशाला बनायौँ र यहाँ ठूला खेल आयोजना गयौँ भने विदेशी खेलाडी यहाँ खेल्न आउनु हुन्छ”, उहाँले भन्नुभयो, “खेलाडीसँगै अफिसियल, प्रशिक्षक, शुभेच्छुक पनि आउँदा नेपालको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार हुन्छ, यहाँको आर्थिक गतिविधि बढ्छ ।”

उहाँले नेपाली खेलाडीले विभिन्न अभावका बाबजुद राष्ट्रका लागि खेलिरहेको जनाउँदै यो समग्र देशका लागि खुसी र गौरवको विषय भएको बताउभयो । “अहिले खेलिरहनुभएका खेलाडी मात्रै होइन, पूर्वखेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रसँग सम्बन्धित सबैले केही न केही अभावको सामना गर्नुपरेको छ, अभावबाट मुक्त गर्न हामी लागि पर्नेछौँ, गठबन्धनले यसतर्फ ध्यान दिनेछ”, उहाँले भन्नुभयो, “सरकारले भोलिका दिनमा खेल पूर्वाधार विकास गर्दै सबै खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई आत्मसम्मान हुने व्यवस्था मिलाउने छ ।”

कार्यक्रममा गृहमन्त्री खाणले खेल क्षेत्रलाई माथि उकास्न गठबन्धनको जित जरुरी रहेको दोहो¥याउनुभयो । कयौँ विधाका खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा रुपन्देहीले उल्लेखनीय टेवा पु¥याएको स्मरण गर्दै गृहमन्त्री खाणले जिल्लाका सबै खेलकुदका पूर्वाधार विकासमा आफूले पहल गर्ने र आवश्यक बजेट छुट्याउन लागिपर्ने बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले मुलुकलाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र खेल क्षेत्र नै भएको भन्दै खेलाडीलाई कुनै किसिमको अभाव हुन नदिन र बाँचुञ्जेल उहाँहरुको सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गर्न ध्यान दिने बताउनुभयो । यसका लागि आफूहले प्रदेश र सङ्घ सरकारसँग पहल गर्ने पूर्वमन्त्री पाण्डेयले बताउनुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी सागर पुनले खेल क्षेत्रमा विगतमा भन्दा केही पूर्वाधार विकास भए पनि पर्याप्त नभएको, खेलाडीले खेल जीवनपछि अनेक दुःखकष्ट बेहोर्नुपरेको, रोजगारी नभएर भौतारिनुपरेको, कतिपय राम्रा खेलाडी आर्थिक अभावमा खेल नै छाडेर विदेशिनु परेको गुनासो गर्नुभयो । उहाँले यी सबै समस्या समाधानका लागि पहलकदमी गर्न गृहमन्त्री खाणसँग अनुरोध गर्नुभयो ।