• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

इमरान खान पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर



एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री इमरान खानलाई तोसाखाना प्रकरणमा पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।

आयोगले इमरानको संसद सदस्यता पनि खारेज गरिएको जनाएको छ । निर्वाचन आयोगको यो निर्णयपछि इमरानले आगामी ५ वर्षसम्म चुनाव लड्न पाउने छैनन् ।

सत्तारुढ पाकिस्तानी प्रजातान्त्रिक आन्दोलनले तोसाखाना गिफ्ट मुद्दालाई निर्वाचन आयोगसमक्ष उठाएको थियो । इमरानले आफ्नो कार्यकालमा विभिन्न देशबाट उपहार पठाएको बताइएको छ ।

उनका वकिलले पनि इमरानले ५.८ करोड भारुमा उपहार बेचेको स्वीकार गरेका थिए । उनीहरुलाई आयकर विवरणमा पनि उल्लेख गरिएको थियो ।

वर्तमान सरकारले इमरानले अरब शासकहरूबाट बहुमूल्य उपहार पाएको बताएको थियो, जुन उनले बेचेका थिए । यसमा अमूल्य घडीहरू, गहनाहरू र डिजाइनर झोलाहरू समावेश थिए ।

इमरान सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए । उनले साउदी अरब लगायत धेरै देशको भ्रमण गरे । यहाँ राजकुमार मोहम्मद बिन सलमान (एमबीएस)ले इमरानलाई बहुमूल्य घडी उपहार दिएका थिए ।

प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले आफूलाई जानकारी नदिई देशलाई जानकारी नै नगराई करोडौं रुपैयाँका उपहार बेचेको आरोप लागेको छ ।