२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री श्रेष्ठलाई कारवाही माग गर्दै निर्वाचन आयोगमा उजुरी



अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उनीमाथि कारबाहीका लागि आयोगमा उजुरी दर्ता गराएको हो ।

मञ्चले निर्वाचनको संघारमा आफैँ उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको जनाएको छ ।

मंसिरसम्म मदिराको आयातमाथि प्रतिबन्ध कायमै राख्नुपर्ने भन्दै मञ्चले भनेको छ, “मदिरा आयात खोल्न दबाव दिने उम्मेदवार एवं मन्त्री श्रेष्ठलाई कारबाही गरिनु पर्छ ।”

मञ्चले प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको समेत उल्लेख गरेको छ । मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत कार्य गर्न खोजेको मञ्चले आरोप लगाएको छ ।