१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा शंका पैदा नगर्न प्रधानमन्त्री देउवाको आग्रह



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकर्तालाई गठबन्धनप्रति शंका उत्पन्न हुने काम गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार पोखरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले गठबन्धनबीच शंका पैदा नगर्ने र मतभिन्नता ल्याउने कुनै पनि काम नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको भन्दै कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टीहरु मिल्नुपरेको बताउनुभयो । गठबन्धनमा सबैको जित हुने र यसैलाई कामय राख्दा सबैको पालो आउने उहाँको भनाइ थियो ।

“हामीबीच कतिपय साथीहरुले टिकट पाउनुभएन होला, कतिले पाउनु पनि भयो होला, यस्तो गठबन्धनका सबै पार्टीमा छ’, उहाँले भन्नुभयो, “गठबन्धनको सरकार बन्यो भने सबैको पालो आउँछ, सरकार बनेको अवस्थामा सयौँ स्थान छन् जसमा टिकट नपाएको साथीहरुलाई व्यवस्थापन गर्न सकिन्छ ।”