१७ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका सयौं युवालाई रोजगारी सिर्जना गर्नेगरी काम गर्छौँः महेश बर्तौला



अ+ अ-

हेटौँडा । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवं मकवानपुर क्षेत्र २ का प्रतिनिधिसभा उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरका सयौं युवालाई रोजगारी सिर्जना गर्नेगरी काम गर्ने बताउनु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा एमालेले गरेको निर्वाचन परिचालन कमिटीको बैठक तथा प्रचार कार्यालय उद्घाटन् कार्यक्रममा बोल्दै उहाँले हेटौंडामा दुइवटा औद्योगिक क्षेत्र रहेको र यहाँ उद्योग खोलेर आम युवालाई रोजगरीको अवसर सिर्जना गर्ने बताउनुभयो ।

बेरोजगार युवाहरुलाई व्यावस्थापन गर्नका लागि औद्योगिक नीति बनाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले जनताको सेवा गर्नेगरी पहिलोपटक उम्मेदवारी दिएको बताउनुभयो । आम नागरिकको दुख, सुख, अप्ठेरो सबैमा आफू जनताको सेवक बनेर काम गर्ने उहाँको भनाई छ ।

यस्तै, उहाँले यो निर्वाचन केन्द्रीय सरकार निर्माण गर्ने निर्वाचन भएकाले यसमा सबैले ध्यान दिएर एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।