९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बैठकमा गएका बामदेव बैठक छाडेर यसकारण भागे



अ+ अ-

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताए ।

विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका अधिकारहरू’ भन्ने शीर्षक राखेर अरू अधिकार थप्न गौतमले सुझाएका थिए । ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने बुँदा पनि थप्नुस्,’ उनले भनेका थिए, ‘अनुशासनात्मक कारबाहीसम्बन्धी धाराको व्यवस्थालाई परिमार्जन गरेर कतिलाई अपराधी भन्न सकिने, कतिलाई गद्दार र कतिलाई देशद्रोही भन्न सकिनेछ भन्ने बुँदा पनि थपौं ।’

राजनीतिक मतभिन्नताका सन्दर्भमा ओलीले नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको भन्दै गौतमले भने, ‘अध्यक्षले यस्तो भन्न पाइन्छ भन्ने व्यवस्था पनि गरौं तर अध्यक्षले अनुशासन उल्लंघन गर्दाचाहिँ के गर्ने ?’

गौतमले बैठकमा आफूले छुट्टै प्रतिवेदन ल्याएको र त्यसलाई छलफलको विषय बनाउन आग्रह गरेका थिए तर ओलीले अस्वीकार गरेपछि उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भन्दै हिँडेका थिए । ‘केपीको अत्याचार सहन सक्ने स्थिति छैन, उनलाई जे–जे लाग्छ, त्यो हामीले मान्नैपर्छ भन्ने कुरा आयो, मैले ती सबै कुराको प्रतिवाद गरें,’ उनले भने, ‘मेरो छुट्टै डकुमेन्ट छ । त्यसलाई छलफलमा लैजान भनें । उनीहरूले मानेनन् । त्यसपछि म हिँडें ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।