६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घिसिङलाई प्राधिकरणमा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‌मा, किन भएन निर्णय



अ+ अ-

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद् पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद् बैठकमा सोमबार घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रस्ताव पेस गरेकी थिइन् । तर यसबारे कुनै निर्णय भने भएन ।

घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए । प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा सरुवा गरी घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद् पुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिने एजेन्डामा यो प्रस्ताव सुरुमा राखिएको थिएन । तर यो प्रस्तावसम्बन्धी फाइल मन्त्री भुसाल आफैंले मन्त्रिपरिषद्‌मा लगेकी हुन् । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्ने र घिसिङलाई प्राधिकरणमा नियुक्ति गर्ने प्रस्ताव कानुनी अड्चनका कारण रोकिएको मन्त्रालय स्रोतको दाबी छ ।

‘शाक्यलाई आयोगमा राखेर दिइने सेवासुविधाका विषयमा पहिला अर्थ मन्त्रालयको स्वीकृति नलिइएकाले सोमबारको बैठकमा निर्णय हुन सकेन,’ मन्त्रालय स्रोतले भन्यो, ‘अर्थको स्वीकृति पाएपछि मात्रै निर्णय हुनेछ ।’ असार २९ मा ऊर्जामन्त्रीको जिम्मेवारी पाएलगत्तै भुसालले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आएकी छन् । साउन १० मा प्राधिकरणमा आयोजित कार्यक्रममै मन्त्री भुसालले विद्युत् चुहावट बढेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

मन्त्री भुसालले शाक्यलाई गत साता प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै सामुन्ने राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरिसकेकी छन् । मन्त्रीले राजीनामा दिन आग्रह गरेलगत्तै पत्रकार सम्मेलन गर्दै शाक्यले सरकारले जिम्मेवारी दिए जुनसुकै निकायमा बसेर काम गर्न तयार रहेको टिप्पणी दिएका थिए । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो । विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।