२५ कार्तिक २०८२, मंगलवार
,
Latest
एकान्तकुनाबाट चितुवा उद्धार गरी चिडियाखानामा राखीयो फागुन २१ गते हुने प्रतिनिधिशभाको निर्वाचनबारे छलफल- लाईभ भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भयो । उहाँले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताउनु भयो ।

उहाँले जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभयो । उहाँले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताउनु भयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चीनले उदाहरणीय परिवर्तनका काम गरेको छ, यो संसारका लागि नै उदाहरणीय विषय बनेको छ । चीनको जुन, उन्नती, प्रगति छ, चीनले गरेका विकास निर्माणका कुराहरु छन, त्यसले चीन–नेपालको सदियौँदेखिको सम्बन्ध बिस्तार भएको छ । चीन नेपालको बीचमा कुटनीतिक सम्बन्धका कुराहरु, सरकारी स्तरका कुरा, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएका छन् । लुम्बिनीले पनि चीनलाई जोडेको छ ।’

‘जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनेछ । चीनको विकासले नेपाल पनि लाभान्वित हुनेछ । नेपालको विकासमा चीन सरकारले गरेको सहयोग भइरहेको छ, पूर्वाधार विकासमा सहयोग भएको छ, भूकम्पबाट धेरै क्षति भएका कुरामा चीनले सहयोग गरेको छ । हामी त्यो बेलामा अफ्ठ्यारो स्थितिमा थियौँ । त्यो अवस्थामा चीन सरकारले गरेको क्षतिग्रस्त सांस्कृतिक सम्पदालाई निर्माण गर्ने कुराहरुमा धेरै सहयोग गरेको छ ।’

मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भयो । चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गर्नुभयो । फोटो प्रदर्शनीमा चीन सरकारले विगत १० वर्षमा कसरी देशको विकास गर्न सक्षम भयो भन्नेकुरा देखाइएको थियो ।