१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ(भिडीयोसहित)

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भयो । उहाँले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताउनु भयो ।

उहाँले जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभयो । उहाँले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताउनु भयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चीनले उदाहरणीय परिवर्तनका काम गरेको छ, यो संसारका लागि नै उदाहरणीय विषय बनेको छ । चीनको जुन, उन्नती, प्रगति छ, चीनले गरेका विकास निर्माणका कुराहरु छन, त्यसले चीन–नेपालको सदियौँदेखिको सम्बन्ध बिस्तार भएको छ । चीन नेपालको बीचमा कुटनीतिक सम्बन्धका कुराहरु, सरकारी स्तरका कुरा, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएका छन् । लुम्बिनीले पनि चीनलाई जोडेको छ ।’

‘जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनेछ । चीनको विकासले नेपाल पनि लाभान्वित हुनेछ । नेपालको विकासमा चीन सरकारले गरेको सहयोग भइरहेको छ, पूर्वाधार विकासमा सहयोग भएको छ, भूकम्पबाट धेरै क्षति भएका कुरामा चीनले सहयोग गरेको छ । हामी त्यो बेलामा अफ्ठ्यारो स्थितिमा थियौँ । त्यो अवस्थामा चीन सरकारले गरेको क्षतिग्रस्त सांस्कृतिक सम्पदालाई निर्माण गर्ने कुराहरुमा धेरै सहयोग गरेको छ ।’

मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भयो । चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गर्नुभयो । फोटो प्रदर्शनीमा चीन सरकारले विगत १० वर्षमा कसरी देशको विकास गर्न सक्षम भयो भन्नेकुरा देखाइएको थियो ।