९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र

आचारसंहीता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

आचारसंहीता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो ।

बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहीता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहीता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताउनु भयो ।

आयुक्त भण्डारीले आचारसंहीता धेरै उल्लंघन हुने समय कार्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरुलाई आग्रह गर्नुभयो । आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहीता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरुलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले ऐन, कानून बनाउनेहरुले नै आचारसंहीताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्न दलहरुले अघुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहीताको उल्लंघन गरिरहेको बताउनु भयो । उहाँले हरेक उम्मेदवार र दलहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार जो उम्मेदवारी दिएर अगाडि जानुभएको छ । उहाँहरुको घरदैलो मात्रै गर्ने कार्यक्रम हो । कार्तिकको १७ गते सम्मको कार्यक्रम घरदैलो मात्रै हो । १८ गतेपछि गोष्ठी सेमिनार, र्यााली, कोणसभा हो । त्यसको लागि हामीले १७ दिनको समय राखेका छौँ । अहिलेको अवस्था घरदैलो मात्रै गर्ने कार्यक्रम हो । त्यसमा २५ जनामा नबढाइ, बाजागाजा नबजाइ जानुस् भनेका छौँ दलका नेताहरुले पनि मञ्जुर गर्नुभएको हो ।

धेरै ठाउँमा आचारसंहीता उल्लंघन भयो भनेर उजुरी परेको छ । आजको मितिमा हालसम्म ३५ जनालाई स्पष्टीकरण सोधिसकेका छौँ । ८०÷९० वटा स्पष्टीकरण सोध्ने र कसुरको प्रकृतिलाई मूल्यांकन गरेर के गर्न सकिन्छ भनेर हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ । ३५ जनाको अलिकति बढी नै कसुरजन्य क्रियामा आचारसंहीता उल्लंघन गरेको सन्दर्भलाई लिएर अलि गहन तरिकाले अध्ययन गरेर उहाँहरु छानबिनको पनि गहिरो छानबिनको, मसिनो छानबिनको विषय हुने र सजायको भागिदार हुनुहुने भन्ने हामीले देखेका छौँ ।

त्यसको अतिरिक्त उहाँहरुले सबैभन्दा बढी आचारसंहीता उल्लंघन गर्ने दल र दलका नेताहरु वा उम्मेदवारहरुमध्ये कोही आचारसंहीता उल्लंघन गर्ने समय भनेको १८ गतेदेखि २ गतेसम्म हो । त्यो समयमा उहाँहरुले बढी भन्दा बढी आचारसंहीता उल्लंघन गर्ने प्रयास गर्नुहुन्छ । अहिले आचारसंहीता उल्लंघन गर्नुभएको छैन भनेको होइन, आचारसंहीता विभिन्न समयमा विभिन्न तरिकाबाट भइरहेको छ ।

तर आचारसंहीताले कुनै हालतमा यो काम नगर्नुस् नै भनेर उल्लेख गरेको विषयमा उत्सुक भएर गरेको विषयहरु हामीसँग छौँ । त्यसको रेकर्ड र सचेत मात्रै गराउने होइन, की हामी सजाय नै गर्ने रुपमा हामी अघि बढेका छौँ । अनुसन्धान र कारबाही गरिरहेका छौँ, प्रमाणहरु संकलन गरिरहेका छाँै । प्रमाणहरु विश्लेषण गरिरहेका छौँ । त्यो प्रमाणको आधारमा हामी आयोगले कारबाही गर्न, सजाय गर्न, एक इन्चि पनि कुनै कसुर बाँकी राख्दैनौँ । यसपटक आयोग दण्डात्मक रुपमा प्रश्तुत हुन्छ ।

दल र दलका नेताहरुले कृपया तपाईहरुले सहमति गरेर मञ्जुर गरेको आचारसंहीता पूर्ण रुपमा परिपालना गर्नुस्, आयोगले भनेको त्यत्ति न हो । उहाँहरु कानून, ऐन, नियम बनाउने आचारसंहीता तर्जुमा गर्ने, आयोगलाई सहयोग गर्ने, अहिले होइन, म मान्दिन भनेर नियम उल्लंघन गर्न पाइँदैन । विभिन्न ठाउँमा अहिले पनि नेताहरुले अगुवा कार्यकर्ता भेला भनेर प्रशिक्षण जस्तो गरेर यस्तो गर्, नगर् भनिरहनुभएको छ । यसलाई भोट दे नदे भनिरहनुभएको छ । ती विषयका उजुरी पनि आयोगमा प्राप्त भएका छन् । त्यसको आधारमा उहाँहरुले के भन्नुभएको रहेछ भन्नेकुरा पनि हामीले प्रमाण संकलन गरेका छौँ ।’

निर्वाचन आयुक्त भण्डारीले नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वाता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताउनु भयो । उहाँले आयोगले यस सन्दर्भमा प्रमाण् जुटाउने काम गरिरहेको बताउनु भयो । उहाँले आयोगले उम्मेदवारहरुले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहीता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताउनु भयो ।

आयुक्त भण्डारीले भन्नुभयो, ‘किसान श्रेष्ठले बाराको आफ्नो निर्वाचन क्षेत्रमा जो गरिब किसानहरु हुनुहुन्छ, ज्याला मजदुरी गरेर आउनुभएको छ, तपाईहरुलाई विदेशमा म पठाइदिन्छु, भनेर अहिले निर्वाचनको माहोलमा चुनाव प्रचार गर्ने सन्दर्भमा उहाँले भिसा बाँड्नुभयो, भन्ने हामीकहाँ उजुरी आएको छ । त्यो उजुरीपछि हामीले उहाँले गर्नुभएको हो की होइन ? उहाँलाई स्पष्टीकरण सोधेका छौँ । साथै हामीले पनि प्रमाण संकलन गरेका छौँ । उहाँले दिएको जवाफमा मात्रै आधार मानेर त्यसैलाई सही र गलत भनेर हामी छुट्याउँदैनौँ ।

आयोगसँग मजबुत रुपमा प्रमाण संकलन छ । त्यो संकलन प्रमाणहरु वस्तुनिष्ठ तहले उहाँले त्यसरी निर्वाचन आचारसंहीतालाई उल्लंघन गरेर कसुरजन्य क्रिया गर्दै अघि हिँड्नुभएको छ भने निश्चित रुपमा सजायको भागिदार हुनुहुनेछ । देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसहरुले शुरुदेखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्ने हो भने पछि नीति कसरी दिनुहोला भन्ने छ ।’

निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले शुरुदेखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहीताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो ।