• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

सन्दीप लामिछानेलाई अदालतमा लगिँदै, तेस्रो पटक म्याद थप्ने तयारी



काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका ‘निलम्बित’ कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ ।

उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि असोज २४ र असोज २७ गते अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि उनी कप्तानबाट निलम्बनमा परेका थिए । काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा भदौ २१ गते ती किशोरीले प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन् ।