१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिष्णु पौडेलको बिकल्प छैन भन्दै एमाले भित्रिए माओवादी र नेकपा एसका दुई सय नेता–कार्यकर्ता



अ+ अ-

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिष्णु पौडेललाई जिताउन मतदाता आफै सक्रिय बन्न थालेका छन् ।

रुपन्देहीका बिकासप्रेमी एवं जनप्रिय नेता पौडेल जिताउन अन्य पार्टीमा रहेको प्रभावशाली नेता कार्यकर्तासमेत धमाधम एमाले भित्रन थालेका छन् ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्नुका साथै रुपन्देहीको बिकासको नेतृत्वकर्ता नेता भएकोले उहाँलाई जिताउने अभियानमा लाग्ने अठोटसहित आज मात्रै झण्डै दुई सय स्थानीय लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन् ।

बुटवल– ११, हात्तीसुँढका अगुवा नेताहरुसहित १७६ जना आज पौडेलको हातबाट अविर लगाई एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका नेता राजु शाही, विशाल राना, नेकपा एकीकृत समाजवादीकी नेतृ राधादेबी अधिकारी, जनता समाजवादीका सुनिल न्यौपाने र प्रबिनकुमार काफ्ले लगायत सो वडाका १७६ जना प्रवेश गर्नुभएको हो ।

उहाँहरुले बिष्णु पौडेलको जीत सुनिश्चित भएपनि सो अभियानमा लाग्ने अठोटसहित एमाले रोजेको बताउनु भयो ।