११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रशिक्षक अनुशासन बाहिर गएका हुन्– किरण राई

प्रशिक्षक अनुशासन बाहिर गएका हुन्– किरण राई
अ अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायरा भन्दा बाहिर भएको बताउनुभएको छ । 

फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलवार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताउनुभएको हो । एक साताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । सोहीको आधारमा खेलकुद मन्त्रालयले राखेपलाई समिति गठन गरेर छानविन गर्न निर्देशन दिएको थियो ।

उहाँले भन्नुभयो, “प्रशिक्षकले संस्थाका उपाध्यक्षलाई लगाउनुभएको आरोप अनुशासन भन्दा बाहिर गएको जस्तो मलाई लागेको छ, प्रशिक्षकबाट त्रुटी भएजस्तो लाग्छ मलाई ।”  

तर एन्फा प्रवक्ता किरण राईले एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम नभएको भन्दै तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिनुभएको थियो । यद्यपि बयानका लागि बोलाइएका प्रवक्ता किरण राईले सत्य तथ्य, कुनै पनि पक्षमा नलाई, आफ्नो दृष्टिकोणमा जे सही थियो सोही बयान दिएको बताउनुभयो ।

एन्फा प्रवक्ता राईले भन्नुभयो, “एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।”

छानविन समितिले मंगलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासंग बयान लिने सूचि तयार पारेको छ । सूचिमा घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक पनि रहेका छन् । प्रशिक्षक अलमुताइरि भने पोखरामा रहेका छन् । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।