६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिट्यान्स घट्दा बैंकहरुलाई समस्या, निक्षेपमात्रै ६१ अर्ब घट्यो



अ+ अ-

काठमाडौँ । पछिल्ला तीन सातायता वाणिज्य बैंकहरूमा निक्षेप निरन्तर घट्दो छ । गत असार मसान्तदेखि शुक्रबारसम्म वाणिज्य बैंकहरूको निक्षेप करिब ६१ अर्ब रुपैयाँ घटेको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा आयात उच्च दरले बढेको, रेमिट्यान्स घटेको र विदेश जाने नेपाली बढेकाले बैंकमा निक्षेप कम भएको बताइएको छ । 

‘गत साता नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न वाणिज्य बैंकमा रहेको पैसा राष्ट्र बैंकको खातामा स्थानान्तरण गरेको छ,’ स्रोतले भन्यो, ‘यही प्रक्रियाबाट सो अवधिमा मात्र प्राधिकरणको करिब १२र१३ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूबाट बाहिरिएको छ । यो पनि निक्षेप घट्नुको एक कारण हो ।’ यससँगै हरेक वर्ष घरजग्गा ९रियल इस्टेट० मूल्य र सेयर बजार बढेको समयमा पुँजी पलायनको सम्भावना रहन्छ । अहिले ती दुवै सूचक ‘बुलिस ट्रेन्ड’ मा रहेकाले पुँजी पलायनको सम्भावना पनि बढेको ती अधिकारीको दाबी छ ।

आर्थिक वर्षको सुरुवात भएकाले विगतका वर्षमा पनि साउनमा निक्षेप धेरैले बढ्दैनथ्यो । बरु सामान्य रूपमा घट्ने नै गर्थ्यो । तर यसपटक निक्षेपमा आएको गिरावटले बैंकरहरूलाई पनि आश्चर्यमा पारेको छ । ‘विगतमा छोटो समयमा यति धेरै निक्षेप घटेको जानकारीमा छैन,’ एक बैंकरले भने, ‘आयात उच्च वृद्धि, रेमिट्यान्स आप्रवाहमा कमी, विदेश यात्रा खर्च बढेको, पुँजी पलायनलगायत नै निक्षेप घट्नुका प्रमुख कारण हुन् ।’

गत असार मसान्तयता बैंकहरूको निक्षेप धेरैले घटेकाले आफूहरू पनि छक्क परेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘हरेक वर्ष प्रायः साउनमा निक्षेप केही घट्ने नै गर्छ,’ उनले भने, ‘यस वर्ष भने निक्षेप अलि धेरै नै घटेको छ । के भएको रहेछ भनेर हामीले पनि अनुसन्धान गर्दै छौं ।’ राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ थियो । यही साउन २२ (गत शुक्रबार) सम्म यस्तो निक्षेप घटेर ४१ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ । सो अवधिमा बैंकहरूको कुल निक्षेप करिब ६१ अर्ब रुपैयाँ घटेको देखिन्छ । गत असारको तुलनामा साउनमा रेमिट्यान्स आप्रवाहमा कमी आएकाले बैंक तथा वित्तीय संस्थाको निक्षेप प्रभावित भएको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

अघिल्ला महिनाको तुलनामा गत जेठमा रेमिट्यान्स घटेको थियो, असारमा बढ्यो । साउनमा रेमिट्यान्स कम आएकाले बैंकहरूको निक्षेप घटेको हुन सक्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘साउनमा पनि आयात अघिल्ला महिनामा जत्तिकै छ । तर रेमिट्यान्स आप्रवाहमा कमी भएको संकेत छ,’ उनले भने, ‘बढ्दो आयात र घट्दो रेमिट्यान्सको प्रभाव निक्षेपमा परेको हुन सक्छ ।’

नेपाल भित्रिने रेमिट्यान्समा अचम्मको प्रवृत्ति देखिएको छ, जुन लकडाउनको अवधिमा बढेको छ भने लकडाउन नभएको अवस्थामा घटेको छ । यसअनुसार कोभिडको जोखिमबाट बच्न सरकारले पहिलो पटक (२०७७ चैत ११ देखि)लकडाउन गरेपछि धेरैले नेपालको रेमिट्यान्स पनि प्रभावित हुने प्रक्षेपण गरे । सो अवधिमा नेपालमा धेरै रेमिट्यान्स आउने राष्ट्रहरूमा पनि लकडाउन भएकाले त्यस्ता अनुमान गरिएका थिए । तर परिणाम अपेक्षाविपरीत लकडाउन अवधिभर रेमिट्यान्स बढिरह्यो । लकडाउन खुकुलो भएपछि फेरि घट्न थाल्यो । यही प्रवृत्ति दोस्रो चरणको लकडाउनमा पनि दोहोरियो ।

पछिल्ला सातामा सरकारले लकडाउन खुकुलो बनाउँदै लगेपछि फेरि रेमिट्यान्स घट्न थालेको छ । सामान्य अवस्थामा हुन्डीलगायत पैसा स्थानान्तरण गर्ने अनैतिक माध्यमका गतिविधि बढ्ने र मान्छेको आवतजावत पनि उत्तिकै हुन्छ । त्यसैले उनीहरूसँगै जिन्सी सामान पनि आउँदा रेमिट्यान्समार्फत मुलुक भित्रिने रकममा कम हुने जानकारहरू बताउँछन् । पछिल्ला तीन सातामा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा पनि खासै उत्साह देखिएको छैन । यस अवधिमा बैंकहरूले थप ११ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यसअनुसार गत असार मसान्तमा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ३७ खर्ब २१ अर्ब रुपैयाँ थियो । गत शुक्रबारसम्म यस्तो कर्जा प्रवाह बढेर ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । निक्षेपमा केही कमी आए पनि वित्तीय प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) अवस्था सहज रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा आइतबारसम्म करिब २५ अर्ब रुपैयाँ अधिक तरलता छ । यस अवधिमा अल्पकालीन ब्याजदर (अन्तरबैंक ब्याजदर) करिब १ प्रतिशत हाराहारीमा छ । तरलता धेरै भएपछि राष्ट्र बैंकले दुईपटक गरी करिब ३१ अर्ब रुपैयाँ बजारबाट झिकेको छ । एक र दुई साताका लागि मात्र तरलता झिकिएकाले सो पैसा बजारमा आएपछि अवस्था झन् सहज हुने राष्ट्र बैंकको दाबी रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।