७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका बागी बुर्लाकोटीले गराए उम्मेदवारी निष्क्रिय



अ+ अ-

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराउनुभएको छ ।

उहाँले सो क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

उहाँले जीवनभर कांग्रेसप्रति गरेको त्याग, सङ्घर्ष र मेहनतका कारण कांग्रेसको उम्मेदवार हुँदाहुँदै स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको उल्लेख गर्दै पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन–१ मा रहेको आफ्नो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गर्नुभएको छ ।

साथै बुर्लाकोटीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गर्नुभएको छ । आजका दिनसम्म आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णलाई आजकै दिनदेखि कांग्रेसका उम्मेदवार पौडेललाई विजयी गराउन सक्रिय हुन पनि उहाँले अनुरोध गर्नुभएको छ ।