• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा



गृह मन्त्रालय

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।

जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको थियो । किष्ट अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।