१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र काँग्रेसका अगुवा कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विमला चौधरी र जिल्ला कमिटी सदस्य सोमनाथ अर्याल दर्जनौं कार्यकर्ता–समर्थकसहित एमालेमा प्रवेश गर्नुभएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ बाट माओवादी केन्द्र र नेपाली काँग्रेसका स्थानीय नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा कटिवद्ध विमला चौधरी स्थानीयदेखि केन्द्र तहसम्म पार्टीको नेतृत्व तहमा प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

त्यस्तै वाणगंगा नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष सोमनाथ अर्याल प्रभावशाली युवा नेताको रूपमा जिल्लामा परिचित हुनुहुन्छ ।

यसैगरी नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य गौरीशंकर चौधरीको नेतृत्वमा दर्जनौं कार्यकर्ता र नेकपा विप्लव समूहबाट जिल्ला नेता नेत्र खनाल लगायतका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेतृ विमला चौधरी, सोमनाथ अर्याल लगायतले आफूहरू सैद्धान्तिक र वैचारिक हिसावले कम्युनिष्ट विचार धारा अँगाल्दै आएको र नेकपा ९एमाले० राष्ट्रियता र समृद्धिका लागि काम गर्ने पार्टी भएकाले एमालेमा समाहित भएर राजनीतिक यात्रालाई अघि बढाउन चाहेको बताउनुभयो ।

कपिलवस्तुको चारनम्बरमा निर्वाचन क्षेत्र नं. १ को निर्वाचन कार्यालयमा पोलिटव्यूरो सदस्य विमला घिमिरे, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार बलराम अधिकारी, केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतका नेताहरूले नवप्रवेशीलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।