३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी र माधव दुबैलाई पन्छाउने सपना



अ+ अ-

काठमाडौं । नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ ।

केपी शर्मा ओली र माधव नेपालबीच उत्पन्न विवाद समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे एमालेलाई विभाजित हुन नदिन जुनसुकै जोखिम उठाउन तयार रहेको बताइन्छ ।

पाण्डे र रावल माधव नेपाललाई समेत समेटेर पार्टी एकता पुनस्र्थापित गर्ने प्रयासरत रहेको , माधव नेपालले केपी ओलीसँग एकीकृत भएर अगाडि बढ्न नचाहेकोले उनीहरु सकसमा परिरहेको छन् ।

माधव नेपाल छुट्टै पार्टी गठन गर्ने योजनामा भएको बुझेपछि पाण्डे, रावल र योगेश भट्टराईले पार्टी विभाजनका निम्ती माधव नेपाललाई साथ नदिने निर्णय पुगेका थिए । माधव नेपाललाई नलिएर ओलीसँग भए आगामी निर्वाचनमा टिकट पाउने होइन कि भन्ने माधव पक्षका नेतामा चिन्ता छ ।

माधव नेपाललाई छोड्ने हो भने केपी ओलीलाई पनि पन्छाएर नयाँ पुस्ताले पार्टीको कमाण्ड सम्हाल्न उपयुक्त हुने सोच उत्पन्न भएको छ । पछिल्लो समयमा सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताबीच केपी र माधव दुबैलाई पन्छाएर पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको बुझिएको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।