१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग चुनावी तालमेल गरेको जसपाले घोषणापत्रबाट हटायो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले तयार पारेको घोषणापत्रमा ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’ शब्द हटाएको छ ।

जसपामा डा बाबुराम भट्टराई रहँदा हरेक राजनीतिक दस्तावेजमा प्रयोग गरिएको ‘जनयुद्ध’ को स्थानमा ‘दश वर्षे सशस्त्र विद्रोह’ भनी उल्लेख गरिएको छ । त्यस्तै यसअघिको घोषणापत्रमा प्रयोग भएजस्तो ‘ओली प्रतिगमन’ र एमालेबारे कुनै उल्लेख गरिएको छैन ।

आसन्न निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरी उम्मेदवारी दिएको जसपाले ‘सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान’ लाई पार्टीको चुनावी मूल नारा बनाएको छ ।छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारेको ३६ पृष्ठको प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक लक्ष्यका रुपमा प्रस्तुत गरिएको छ ।