१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीका सबै संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिनुभएको छ ।
सोमवार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताउनु भयो । उहाँले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उहाँले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गर्दै जानुपर्ने आवश्यक्ता रहेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसकेमात्रै कुनैपनि संगठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ । प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु । नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गरी जान आवश्यक छ ।’

‘यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु । आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हुनेछ । आगामी निर्वाचनमा नेपाल प्रहरीले आफ्नो मुलभुत दायित्व इमन्दारिताकासाथ निर्वाह गर्नुपर्नेछ । ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु ।’

‘सिमित श्रोत, साधन, कठिनाइका बीच भएका श्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु । स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भुमिका प्रशंसायोग्य छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवाद व्यक्त गर्नुभयो ।