८ भाद्र २०८३, सोमबार
,
Latest
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर होइन, निष्ठा र जिम्मेवारीको पुस्तान्तरण हो हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी मिलिसकेका छौँ, अब कुनै झगडा छैन– शेखर कोइराला



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताउनुभएको छ । मोरङको हरैँचामा आयोजित चुनावी कार्यक्रममा उहाँले भन्नुभयो, “म र देउवाजी एकै ठाउँमा उभिएका छौँ ।” उहाँले अब कार्यकर्तालाई विवाद नगर्न सुझाव दिनुभयो ।

“मैले सबै तुष त्यागिसकेँ, स्थानीय निर्वाचन र पार्टी महाधिवेशनमा के भयो, तपाईंहरु पनि अब त्यो तुष त्यागिदिनुहोस्, मैले त त्यागेँ भने तपाईंहरुले किन नत्याग्ने ?”

पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि आफू र देउवा पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उल्लेख गर्दै नेता कोइरालाले भन्नुभयो, “जब म र शेरबहादुरजी नै मिलिसक्यौँ भने तपाईंहरु वडास्तरमा किन झगडा गर्नुहुन्छ रु, तपाईंहरु किन झगडा गरिरहनुभएको छ, मैले बुझ्न सकेको छैन ।”

आफू पक्षधर र पार्टी सभापति पक्षधरबीच तलैदेखि भएको प्रतिस्पर्धा र लडाइँ अब समाप्त भइसकेको उहाँको भनाइ थियो । “मैले पटक पटक शेरबहादुरजीसँग भेटिरहेको छु, हामी एकै ठाउँमा उभिएका छौँ, मेरो कुरा उहाँले सुनिरहनुभएको र मानिरहनुभएको छ”, उहाँले कार्यकर्ताहरुलाई भन्नुभयो, “तर तपाईंहरु तल किन झगडा गरिरहनुभएको छरु के का लागि लडिरहनुभएको छ ?”

निर्वाचनमा होमिएका बेला कार्यकर्ताहरु एकापसमा झगडा गर्नु राम्रो नहुने उहाँको भनाइ थियो ।