• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ?

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान



फाईल फोटो

भरतपुर । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमाँै सौराहा भन्दै देशका सातवटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले यसवर्ष देशका सातै प्रदेश पुग्ने योजना रहेपनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । “कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौँ त्यो प्रभावकारी बन्यो”, उहाँले भन्नुभयो ।

यसपटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, सङ्घ संस्थाका प्रतिनिधि, वुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उहाँले बताउनुभयो । भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । “प्रदेश सरकारले घोषणा गरेको बागमती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्नेगरी ‘घुमाँै सौराहा’ का कार्यक्रम सञ्चालन हुनेछन्”, उहाँले भन्नुभयो ।

बागमती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर बागमती प्रदेश भ्रमण वर्ष सुभारम्भ गरिसकेको छ । ‘घुमौँ सौराहा’ अभियानमा छुट प्याकेजकोसमेत घोषणा गरिने भट्टराईले बताउनुभयो ।

यो समयमा सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । यतिबेला सौरामा चाडपर्वका कारण केही चहलपहल बढे पनि सन्तोषजनक नरहेको उहाँले बताउनुभयो । “अहिले २० देखि ३० प्रतिशत पर्यटक मात्र सौराहा आएका छन्, केही विदेशी पर्यटक पनि छन्”, उहाँले भन्नुभयो । मनसुन सकिएको र जाडोयाम सुरु भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा सौराहाका व्यवसायीले गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहा ९रेवान० का अध्यक्ष नरेश गिरीले सौराहामा पर्यटकको चहलपहल केही बढेको र ‘घुमौँ सौराहा’ अभियानले यहाँ आन्तरिक पर्यटक थप बढ्ने अपेक्षा गर्नुभयो । “यही रफ्तारमा बढ्दै गयो भने यहाँ पर्यटकको आवागमन राम्रै हुन्छ”,उहाँले भन्नुभयो, “चुनावका कारण केही समय पर्यटक आगमन केही कम भए पनि चुनाव पछि बढ्नेछ ।” उहाँले पछिल्लो समय देशव्यापीरुपमा भएको आर्थिक मन्दीका कारण पनि पर्यटन क्षेत्र चलायमान हुन नसकेको बताउनुभयो गर्नुभयो ।

रेवानले सौराहा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर नियमित १० प्रतिशत छुट दिइरहेको गिरीले बताउनुभयो । सौराहाको पार्क सफारी रिसोर्टका निर्देशक योगेश अधिकारीले दसैँसम्म पानी परेका कारण यसवर्ष सिजनमा पनि पर्यटक सौराहा आउन नसकेको बताउनुभयो । उहाँले चिनियाँ पर्यटक नेपाल नआएसम्म नेपालको पर्यटकीय क्षेत्र पुरानो लयमा फर्कन नसक्ने बताउनुभयो । चितवनसँग अन्य जिल्ला जोडिने सडक सञ्जाल राम्रो नहुँदा पनि यहाँको पर्यटन थप चलायमान बन्न नसकेको उहाँको भनाइ छ ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा छ भने नारायणगढ–मुग्लिन सडकखण्डमा पनि यो वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुलर्भ एकसिङ्गे गैँडा, बाघ र घडियाल गोही यहाँका मुख्य आकर्षण हुन् । यहाँ हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइदै आएको छ । सौराहामा ठूला–साना एक सय ४० होटल छन् भने करिब एक सय रेष्टुराँ सञ्चालनमा छन् ।