९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

मैले चुनाव जितेमा दुई वर्षभित्र जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछुः ओनसरी घर्ती(भिडीयोसहित)

मैले चुनाव जितेमा दुई वर्षभित्र जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछुः ओनसरी घर्ती(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उहाँले यस्तो बनाउनुभएको हो ।

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी– साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गर्नुभएको छ । यदी सो अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने उहाँले बताउनु भयो ।

उहाँले साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताउनु भयो । उहाँले जर्सिङपौवालाई संग्रहालयको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नेता घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यवसायिक तरकारी, फलफूल खेतीको बिस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताउनु भयो ।

त्यसैगरी मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उहाँको प्रतिवद्धता छ । उहाँले भन्नुभयो – ‘जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षहरुमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु । नोट गर्नुस् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व राख्ने शहर साखुँ बजार तथा शालीनदी यसको पर्यटकीय विकास तथा जर्सिङ पौवालाई जीवित संग्रहालयको रुपमा विकसित गर्नेछु ।

दक्षिणढोका, मुलपानी लगायत विभिन्न क्षेत्रमा हुने डुबानको समस्या छ यसमा म योजना बनाएर काम गर्नेछु । व्यवसायिक तरकारी, फलफूल खेतीको बिस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकतामा राख्नेछु । मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गर्ने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाएर कार्यान्वयनमा लाग्नेछु ।

एयरपोर्ट निर्माणका क्रममा विभिन्न क्षेत्रबाट प्रभावित हुनुभएका जे समस्याहरु छन् यसको समाधानमा मेरो पहिलो प्राथमिकता हुनेछ । कोटेश्वरको जाम या ट्राफिकलाई हटाउन मैले आवश्यक पहलकदमी अगाडी बढाउनेछु । कृषि तथा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा निर्माण भइरहेको छ । सञ्चालनमा ल्याउन पहलकदमी लिनेछु । साँखुको ढल निकासमा ध्यान दिनेछु ।’

उहाँले विमानस्थल निर्माणका क्रममा प्रभावितहरुको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गर्नुभयो । कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने उहाँले बताउनु भयो ।