काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले पधभार ग्रहण गरेका छन् । उनले उर्जा मन्त्रालयमा आजै मात्र नियुक्ति बुझेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
आज सबै प्रक्रियाहरु पूरा गरेर उनलाई प्राधिकरणमा ल्याइएको हो । यस्तै प्राधिकरणका निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी स्थानान्तरण गरिएको छ ।
हेरौं पदबहालीका तस्बिरहरु:-





(फोटोफिचर)











