• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण ★   बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री ★   निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर ★   रफाहमा इजरायली आक्रमण: २० प्यालेस्टाइनीको मृत्यु ★   तनहुँमा चलचित्र निर्माण कार्यशाला ★   निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री ★   खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ?

अरिङ्गालले टोकेर एक युवाको मृत्यु



सांकेतिक तस्बिर

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा अरिङ्गालले टोकेर मृत्यु भएको छ ।

साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताउनुभयो । अरिङ्गालले चिलेर अन्य चार युवा घाइते भएको पनि उहाँले जानकारी दिनुभयोे ।

बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिङ्गालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिङ्गाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिङ्गालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताउनुभयो ।

अरिङ्गालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उहाँले जानकारी गराउनुभयो ।

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयवासीले अरिङ्गालको सिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिङ्गालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिङ्गालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिङ्गालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो ।