काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको शीर्ष तहका नेताको बैठक जारी छ ।
देउवाको नीजि निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ।
बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डामाथि छलफल गर्न शीर्ष तहका नेताको बैठक बोलाइएको हो। बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ।











