• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

सत्यमोहन जोशी मानव समुदायको उत्प्रेरणाको स्रोत: अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट स्तब्ध भएको बताएका छन् ।

प्रचण्डले नेपाल सरकार, नेपाली जनताले जोशीको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने विश्वास व्यक्त गरेका छन् ।

प्रचण्डले भनेका छन्–नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाइ स्थापित गर्न उनले गरेको योगदानको स्मरणीय रहनुको साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने छ ।

जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको हो ।