१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइनः डा भट्टराई

कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइनः डा भट्टराई
अ अ+ अ-

गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा शनिबार आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए ।

“प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयाँै, त्यो आउनु पनि पथ्र्यो”, उनले भने, “त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइकन देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन ।”

उनले विकास समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्व दिएको विषय भएकोसमेत उल्लेख गरे । “यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला”, उनले भने, “कतिपयले कम्युनिष्ट समाजवादी र कांग्रेस माओवादीविपरीत धु्रव चुनावी स्वार्थका लागि आए भन्नेछ त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन्, तर सबैभन्दा पवित्र गठबन्धन यही हो ।”

अध्यक्ष डा भट्टराई गोरखा क्षेत्र नं २ मा आफूले निर्वाचनमा टिकट नपाउने भएर चुनाव नलडेको र प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्र रहेकोसमेत बताए ।

“मैले गोरखामा टिकट नपाउने भन्ने पनि होइन, मैले हस्तान्तरण गर्न चाहेको थिएँ, त्यो पूरा भएको छ”, उनले भने, “प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन तर इतिहास निर्माणका लागि उहाँ गोरखाबाट चुनाव लड्न आउनुभएको हो ।”

“राणा शासनकाविरुद्ध लड्दादेखि राजासँग लड्दासम्म इतिहास निर्माणको थलो गोरखा थियो”, उहाँले भन्नुभयो, “अब फेरि एकपटक समृद्धीकरण मोडल पनि गोरखा बन्नसक्छ ।”