८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई पनि कोरोनाविरुद्धको खोप दिइने



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुले पनि कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन् ।

सरकारले त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय गरेको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ । 

काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।
 




न्यूजपोलारबाट थप समाचार