२७ मंसिर २०८२, शनिबार
,
Latest
एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न कांग्रेसको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पुर्याउन पार्टी सदस्य र भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन गरेको छ ।

बैठकले यही असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करीब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बाढी पहिरोबाट आजसम्म रुकुम पश्चिममा सात, मुगुमा दुई सय ३६, कालिकोटमा दुई सय ३२, हुम्लामा २८, सुर्खेतमा एक सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा पाँच, जुम्लामा तीन सय ६८ र दैलेखमा दुई सय ७१ घरहरु पूर्ण रुपमा क्षति भएका छन् । त्यसैगरी रुकुम पश्चिममा तीन, मुगुमा तीन सय ९९, कालिकोटमा चार सय ३५, हुम्लामा ३२, सुर्खेतमा एक सय २७, सल्यानमा ४२, डोल्पामा छ, जुम्लामा चार सय ४० र दैलेखमा दुई सय ३६ घरहरु उच्च जोखिममा रहेका छन् ।

रुकुम पश्चिममा १५, मुगुमा पाँच हजार दुई सय ८२, कालिकोटमा एक हजार सात सय ६३, हुम्लामा चार हजार ७४, सुर्खेतमा पाँच सय ६६, सल्यानमा छ सय २९, डोल्पामा ३२, जुम्लामा एक हजार सात सय २५, दैलेखमा एक हजार सात सय २० र जाजरकोटमा १८ जना स्थानीय वासिन्दा विस्थापित हुन वाध्य भएको बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरु अवरुद्ध समेत भएका छन् ।

प्राकृतिक विपद्मा परी जीवन गुमाउनु भएका सम्पूर्णमा बैठकले श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।