१७ श्रावण २०८३, आईतवार
,
Latest
 नक्कली उत्पादन बिक्री–वितरण रोक्न मन्त्री यादवको निर्देशन, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला नियामकीय निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस घोषणापत्रको मस्यौंदा सुझावसहित पारित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौंदा प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा प्रारम्भिक मस्यौंदा उपसमितिका तर्फबाट डा. स्वर्णिम वाग्लेले मस्यौंदाको थप व्याख्या गरेका थिए भने बैठकमा प्रारम्भिक मस्यौंदा समितिका सदस्यहरूको पनि आमन्त्रित रुपमा सहभागिता थियो ।

उपत्यका बाहिर रहेका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले यही असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउनु हुने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महत, अर्जुननरसिंह के.सी, प्रवक्ता डा. प्रकाशशरण महत, उमा रेग्मी र जीपछिरिङ लामाले आफ्नो धारणा व्यक्त गरेका थिए ।