२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

दलहरुको ह्रासोन्मुख ग्राफ र कुलमान !

दलहरुको ह्रासोन्मुख ग्राफ र कुलमान !
अ अ+ अ-

काठमाडौ ।  पदमा बसेकाहरुले जिम्मेबारीपूर्वक काम गरिदिएपछि मात्र पनि समाजमा वाहवाही पाउन कुनै गाह्रो छैन । प्रहरीले अपराधी समात्दा वाहिवाही पाउछ, वास्तबममा यो सामान्य घटना हो, जसको काम नै शान्ति सुरक्षा कायम गर्नु नै हो । कानूनको पालना  गराउनु नै हो तर पनि कतिपय अबस्थमा रक्षक नै भक्षक बनेको आरोप लाग्दै आएको बेला एक दुई वटा अधिकृतले कानूनको मात्र कार्यन्वयन गरिदिँदा उसले जिवन भर नायकको उपाधी पाएको अबस्था छ । 

हो पछिल्लो ५ बर्षे कालखण्डमा कुलमान घिसिङ पनि यस्तै भएका छन् । कुलमानले जुन संस्थाको नेतृत्व सम्हाले त्यस संस्थाले नागरिक लाई दिनुपर्ने सेवा केही उनिभन्दा अघिका नेतृत्वहरुले भन्दा बढी दिए । चकमन्न अध्यारोमा जुनकिरीको प्रकाश देखिएजस्तै । अठार घण्टा सम्म लामो लोडसेडिङले आहत भएका मुलुकबासीलाई झण्डै पूर्ण रुपमा उज्यालो दिए । उनीभन्दा अघिका नेतृत्वमा बस्नेहरुको नियत मै समस्या थियो कि नीतिमा त्यो त केही हदसम्म स्पष्ट भै सकेको छ । सायद मुलुक चलाउने सक्षम नेतृत्व भएको भए टुकीको उज्यालोमा जलश्रोतको धनी देश नेपाल भनेर पढ्नुपर्ने अवस्था हुदैन थियो होला । 

तर निरन्तरको अध्यारोमा बानी परिसकेका नागरिकले कहिल्यै पनि प्रश्न उठाएनन् वा उठाए पनि सुनुवाई भएन ।  आखिर ५ बर्ष अघि बरिष्ठहरु लाई पन्छाउदै कनिष्ठ भनिएका कुलमानले बिद्युत प्राधिकरणको नेतृत्व संम्हालेपछि कसरी चामत्कारीक रुपमा परिवर्तन सम्भव भयो त रु पक्कै पनि उनीभन्दा अघिका नेतृत्वले मुलुक र नागरिक प्रति घात गरे ।  ब्यक्तिगत फाईदाका लागि नागरिकको खुशीलाई बन्धक बनाए ।

जसका कारण उनीहरु आज नागरिकको नजरमा गिरेका छन् । दायित्व मात्र निर्वाह गर्दा कुलमानको उचाई अग्लिएको छ । नेपाली समाज यति भाबनात्मक छ कि अब नेपाल बिद्युत प्रधिकरणको नेतृत्वमा कुलमान बाहेकको बिकल्प नै देख्न छाडिसकेका छन् । कुनै एक सार्बजनिक संस्थानको नेतृत्व परिबर्तन समान्य कुरा हो तर सामाजिक सञ्जालदेखी घरघरमा यस बारेमा चर्चा भै रहेको छ । सामान्य अवस्थमा यी सबै काम ठीकठाक हुन्थो भने यो सायद चर्चाको बिषय नै हुदैन थियो होला । 

अरु पनि थुप्रै सार्बजनिक संस्थानहरु छन् तीनमा नेतृत्व पनि परिबर्तन भैरहन्छन् खासै कसैको पनि चासो हुदैन । पद्धतिको विकास भैसकेको संस्थाहरु मा नेतृत्वमा कोही आएपनि खासै फरक पर्देन  तर पद्धतिको बिकास नै हुन नसकेको वा नदिईएको संस्थाहरुमा एउटा ब्यक्तिमाथी कति विश्वास उत्पन्न हुन्छ भन्ने उदाहरण बनेका छन् कुलमान । उनले नेपाल बिद्युत प्राधिकरणमा पद्धतिको पनि विकास गरेका भए भोली जो आएपनि उनको अनुयायीको रुपमा अनसरण गर्ला वा अझ त्यो भन्दा राम्रो गर्ला । तर सरकारले गर्ने नियुक्तिको क्रम हेर्दा त्यसो भैहाल्ने कुरा कल्पना  गर्न पनि कठिन हुन्छ । 

समाजले कुलमानलाई यसरी देवत्वकरण गरिसक्यो कि उनी  बाहिरिएपछि उज्यालो पनि सँगै बाहिरन्छ उनि रहञ्जेल मात्र उज्यालो रहन्छ । त्यसैले त सामाजिक सञ्जालमा उनको फोटो सहितको प्रोफाईल तस्बिर बाहेक अरु कहीँ नदेखिने अबस्था छ । उनको नाममा गीत नै निकालेर भाईरल हुनेहरुलाई पनि भ्याईनभ्याई छ । लिग छाडेर बसेको रेललाई लिगमा ल्याई तिब्र गतिमा दौडाएका कुलमान लाई उहि रेल कुदाउने जिम्मेबारी प्राप्त भएको छ  ।

उनको बिज्ञता यसै क्षेत्रमा रहेका कारण उनको उपयोगिता यही हुनुपर्छ भन्ने जमात बलियो थियो, छ त्यसैका कारण सरकारमा सहभागी दलका नेताहरु कुलमानको नियुक्तिको बिषयको जस लिन हानाथाप गरिरहेका छन् । भावनात्मक नेपाली समाजको मनादशा यस्तो छ कि कुलमान रहुञ्जेन उनि बिद्युत प्राधिकरणको प्रमुखको रुपमा रहिरहनु तर त्यो सम्भब छैन । कुलमानप्रति नागरिकको विश्वास भनेको राजनैतिक नेतृत्वप्रतिको अविश्वास पनि हो । बिद्युत प्राधिरणले त सही नेतृत्व पायो होला, तर देश चलाउने ठाउँमा को नि ? यी प्रश्न त छँदै नै छन् ।  

असफल  भएको संस्थालाई कुशल नेतृत्वले कसरी सक्षम बनाउन सक्छ भन्ने उदाहरण बनेका कुलमान जस्तै अरु कुलमानहरुको पनि राज्यले खोजी गर्न जरुरी छ, गरोस् । तर अहिलेलाई भने समाजले पनि उनैलाई पत्यायो । भर्याङ बनाउनेले चढेर माथि जाने अधिकार पनि राख्छ,  ।  तर अहिलेको यो अभियानले सफल अथवा काम गर्ने मानिसको खोजी समाजले गर्दो रहेछ भन्ने सन्देश भने राम्ररी नै दिएको छ । नत्र उनको पक्षमा सामाजिक सञ्जालमा देखिएको यो माहौल उनको लगानीबाट कदापि होइन । तर पनि वर्षेनीका सरकारी नियुक्तिहरुको भान्सा गरिरहने उपेन्द्रहरुका आजैका उपरखुट्टीले सरकारका दाँतमा ढुंगा भने लाग्ने नै छ । यो पनि समाजले नै देखाउने छ ।

दल र तीनका नेतृत्वको असक्षमतको ढाकछोप कुुलमानहरुले गर्नु परिरहेको छ । राम्रो काम गर्नेहरु लाई नागरिकले मन पराउदाँ रहेछन् भन्ने तर आफूहरु भने कहिल्यै पनि जनभाबना अनुसारको काम नगर्ने नेताहरु किन कुनमान बन्न सक्दैनन् । किनकी बाधिएको परिधी भित्र बाट उनिहरुको शक्ति सत्ता र सम्पतीको भोक पुरा हुदैन । बिद्युतको मोर्चामा दोश्रो ईनिङ्ग सम्हालेका कुलमानलाई पनि अगिल्लो पटक को छबि जोगाउदै  नयाँ  ईतिहास कोर्न अबसर आएको छ ।

त्यो अबसरलाई उनले भरपुर सदुपयोग गर्ने नै छन् । यहि उनि असफल भए कुलमान मात्र असफल होईन बहुसंख्यक नेपालीको भाबना असफल हुन्छ ,आशाको दियो फेरी  धर्मराउछ । तर केही प्रश्नहरु भने कुन मानले दिनु पर्नेपनि छन् । अमेरिकी सहयोग परियोजना  एमसीसीको बोर्डमा बसेर लामो समय सम्म काम गरेका कुलमानको यसप्रतिको दृष्टिकोण के हो ? यसमा नागरिक पुरै बिभाजित छन् ताकी कुलमानले बोल्दा त्यसले एउटा स्पष्ट घारणा तय गर्न सक्छ  । यस बिषयमा लामो समय देखी मौन बसेका कुलमान यसपटक पक्कै बोल्छ्न की ?